११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


अस्पताल निर्माणपछि प्युटारबासी हर्षित


३ पुस २०७६, बिहिबार  

0
Shares

प्युटार थाङ्गसिङ्गारस्थित निमार्णाधिन अस्पतालको भवन । तस्विरहरु ः ललितपुर खबर

लपु संवाददाता
२ पुस ०७६, प्युटार । दक्षिण ललितपुर प्युटारमा सुविधा सम्पन्न अस्पताल निर्माण तिब्र गतिमा हुन थालेपछि स्थानीबासी हर्षित छन् । अस्पताल बनेपछि दक्षिण ललितपुरका साथै उत्तरी मकवानपुरका हजारौं स्थानीयबासीले डाक्टरसहित स्वाथ्योपचार सुविधा पाउने भएपछि स्थानीयबासी हर्षित भएका हुन् ।
ललितपुरका प्रदेश सासंद चेतनाथ सञ्जेल आफ्नो पहलमा यो अस्पताल निर्माण भइरहेको जानकारी दिनु भयो। उहाले भन्नुभयो, प्रदेश ३ सरकारको ३ करोड ६० लाख बजेट विनियोजनपछि यो अस्पताल निर्माण भइरहेको हो ।’ अस्पताल निर्माण भइरहेको उहाले बताउनु भयो । प्रदेश सासंद  सञ्जेलका अनुसार दक्षिण ललितपुरकै पहिलो सुविधा सम्पन्न अस्पतालबाट अत्याधुनिक सुविधा सेवा दिन लागिएको हो । उहाले भन्नुभयो,दक्षिण ललितपुरमा डाक्टर सहितको यो पहिलो अस्पताल हुनेछ ।
नेपाल सरकारको एक गाँउपालिका एक अस्पताल निमार्ण गर्ने नीति अनुरुप १५ शैयाको अस्पतालमा निर्माण भइरहेको हो । अस्पतालमा एक्स रे, भिडियो एक्स रे, इसिजी, लगायत सबै खाले सिविधा उपलव्ध हुनेछ । अस्पतालमा २ जना एम डि डाक्टर रहनेछन् ।

प्रदेश सरकारले टेण्डर प्रकृयाबाट ज्ञानज्योति कन्ट्रक्सनलाई २ करोड ३ लाखमा भवन निर्माणको जिम्मा लगाएपछि प्युटारको थाङ्गसिङ्गटारमा अस्पताल निर्माण तिब्र गतिमा भइरहेको छ ।

अस्पतालको भवन निर्माणबारे अनुगमन गर्दै सासंद सञ्जेललगायत ।

अस्पताल सञ्चालनपछि ललितपुरका आश्राङ्ग, माल्टा,प्युटार,गिम्दी,ठुलादुलुङ्ग,भट्टेडाँडा,इकुडोलका साथै उत्तरी मकवानपुरका इपा,मञ्थली, ठिगंन,बेतिनी,काभ्रेको तालढुंगा, मिल्के,छाप्लेका बासिन्दा लाभान्वित हुनेछन् । ललितपुर गिम्दीका स्थानीय कृष्ण बलले प्युटारमा अस्पाताल सञ्चालनपछि सुदुर दक्षिण ललितपुरका बासिन्दाले अकालमा मर्नु नपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘दुर्गम पहाडी भूगोल भएको आश्राङ्ग गिम्दीका स्थानीय ४० किलोमिटर टाढाको अस्पताल पुग्नुअघि नै मृत्यु हुने अवस्था हुनेछैन ।’ गाँउमै डाक्टर सहितको अस्पताल निर्माण हुने भएपछि गाँउले हर्षित भएको उहाँको भनाई थियो ।

दक्षिण ललितपुरमा अस्पताल नहुँदा अहिले करिव ४० किलोमिटर टाढा रहेको लेले टिकाभैरवको आनन्दबन अस्पताल जानु पर्ने बाध्यता छ । सुविधासम्पन्न अस्पतालका लागि पाटन अस्पताल, विएण्ड वि अल्का अस्पताल दक्षिण ललितपुरका बासिन्दाको स्वास्थोपचार केन्द्र हुन् ।
गतभदौ ३० बाट शुरु गरिएको ज्ञानज्योति कन्ट्रक्सनका केदार त्रिपाठीले जानकारी दिनु भयो उहाले भन्नुभयो,‘हामीले दोश्रो चरणको डिपिसी सकिएको छौं । केही दिनमै पहिलो ढलान हुन्छ । ठेक्का सम्झौंता अनुसार २०७७ जेठसम्म भवन निर्माण गर्नु पर्ने कार्यादेश छ । निर्माण सामाग्री ल्याउन सडकमा कुनै बाधा नआए आउदो जेठमै भवन निर्माण भइसक्ने त्रिपाठीले जानकारी दिनु भयो ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहिबार  १२ : ०८ बजे