१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


‘फागुनभित्र सुकुम्वासीलाई लालपुर्जा’


५ पुस २०७६, शनिबार  

0
Shares


५ पुस ०७६, चितवन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले आउँदो फागुनभित्र भूमिहीन सुकुम्वासीले जग्गाधनी प्रमाणपत्र पाउने बताउनुभएको छ । चितवनको खैरहनी नगरपालिका वडा नं १२ मा रहेको अन्नपूर्ण मध्यवर्ती सहकारी संस्थाको उद्घाटन गर्दै मन्त्री अर्यालले वर्तमान सरकार भूमिहीन सुकुम्वासी समस्या समधानका लागि आयोगमार्फत टुङ्ग्याउन लागेको बताउनुभयो । ‘अब बन्ने कानूनले सुकुम्वासी भूमिहीन र अव्यवस्थित बसोबासको समस्या समधान हुँदैछ ।’, उहाँले भन्नुभयो ।
सरकारले भूमिहीन सुकुम्वासीलाई पहिलो नम्बरमा र अव्यवस्थित बसोबासलाई दोस्रो नम्बरमा राखेर समाधान गर्न लागेको मन्त्री अर्यालको भनाइ छ । उहाँका अनुसार अव्यवस्थित बसोबासलाई निश्चित रकम लिएर जग्गाधनी प्रमाणपत्र दिने व्यवस्था मिलाइँदै छ ।
–––

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  १० : ३६ बजे