११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


लिपुलेक सीमा विवादबारे राजेन्द्र महत्तोको टिप्पणी ः जुलुश निकाल्ने धन्दा ठीक भएन’


५ पुस २०७६, शनिबार  

0
Shares

कार्यक्रममा सहभागी महत्तो र पत्रकार इश्वर कार्की ।

५ पुस ०७६, काठमाडौं । राजपाका नेता राजेन्द्र महतोले नेपाल–भारतबीचको सीमा विवाद कुटनीतिक माध्यमबाट हल गरिनुपर्ने बताउनु भएको छ । महत्तोले भारतसँगको सीमा विवाद ५०÷६० बर्षदेखिको रहँदै तर्क गर्दै भन्नु भयो , ‘हाम्रो सरकार यतिका वर्षसम्म कुम्भकर्णको निन्द्रामा सुत्न मिल्छ रु आँखामा पट्टी र कानमा तेल हालेर सरकार सुत्न मिल्छ रु’
उहाले सीमा विवादको समाधान कुटनीतिक माध्यमबाट खोजिनुपर्ने कुरा दोहोर्याउँदे सडकमा नारा लगाएर समस्याको समाधान नहुने पनि जिकिर गनर््ुभयो । उनले भन्नुभयो,‘दुतावासमा पुत्ला दहन गरेर समस्याको समाधान हुन्छ रु यो समस्या समाधान गर्ने दायित्व सरकारभित्र पर्छ ।’
उहाले सरकारले आफूसँग भएको आधार र प्रमाणको आधारमा कुटनीतिक रुपमा विवाद र समस्याको समाधान गर्नुपर्ने सुझाव दिनुभयो । उहाले भन्नुभयो,‘दुई देश छिमेकी भएपछि सीमा विवाद हुनु स्वभाविक हो । तर, यी विवाद र समस्यालाई सल्ट्याउनुपर्छ । दुई देशले आधार र प्रमाणको आधारमा विवाद सल्ट्याउनुपर्छ । हाम्रो पार्टीले प्रधानमन्त्रीले डाक्नुभएको सर्वदलीय÷सर्वपक्षीय बैठकमा पनि आफ्नो सल्ला र सुझाव दिएको छ । सरकार जिम्मेवार भएर प्रस्तुत हुनुपर्छ ।’ उहाले सडकमा जुलुश निकाल्ने धन्दा ठीक नभएको पनि टिप्पणी गर्नुभयो । उहाले भन्नुभयो,‘जतिसक्दो चाँडो सरकारले यो विवादको समाधान गर्नुपर्छ ।’
महतोले पार्टीको महाधिवेशनको लागि आफूहरु तयारीमा जुटेको पनि स्पष्ट पानुभयो । उहाले भन्नुभयो,‘साधारण प्रक्रियामा जाने कि विशेष महाधिवेशन गर्ने यी दुवै विषयमा हामी खुल्ला छौं । यी दुईमध्ये कुनैपनि महाधिवेशन गर्छौं । यसमा कुनै समस्या छैन् ।’

५ पुस ०७६, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले नेकपा र राजपा नेपालबीच हालै भएको २ बुँदे सहमतिलाई लिएर संघीय सरकारमा आफूहरुको सहभागिता र २ नम्बर प्रदेशको सरकारमा असर पर्ने भनेर गरिएको अड्कलबाजीमा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै संयोजक महतोलेले नेकपा र राजपाबीचको दुई बुँदे सहमतिले प्रदेश नम्बर २ को राष्ट्रियसभाको निर्वाचनमा दुवै पार्टीको २–२ सिट सुरक्षित र दुई पार्टीबीच सम्वाद जारी राख्ने स्पष्ट पारेको बताए ।
उनले भने,‘हामी दुई पार्टीबीच भएको २ बुँदे सहमतिलाई लिएर अहिले विभिन्न अड्कलबाजी भैरहेका छन् । तर, ती अड्कलबाजीमा कुनै सत्यता छैन् । जे हल्ला फैलाईएको छ, त्यो निराधार, गलत र असत्य हो ।’ उनले पछिल्लो २ बुँदे सहमतिले नेकपासँगको आफ्नो पार्टीको ‘डेडलक’ अर्थात सम्वादहीनताको अवस्थाको भने अन्त्य गरेको स्पष्ट पारे ।
उनले भने,‘हामीले सरकारबाट समर्थन फिर्ता लिएपछि डेडलकको अवस्था थियो । यो २ बुँदे सहमतिले सम्वादहीनताको अन्त्य र तोड्ने काम गर्नेछ । देशका समसामयिक राजनीतिक विषयमा पार्टीका माग र मुद्दामा सम्वाद हुन्छ । यो सहमतिले राजपा र नेकपाबीचको सम्वादलाई पूनः प्रारम्भ गर्नेछ ।’
उनले नेकपासँग २ बुँदे सहमति गर्नुको कारणपनि खुलाए । उनले राष्ट्रियसभाको निर्वाचनको लागि नेकपासँग २ बुँदे सहमति गर्नुअघि यअसघिको राजपा, समाजवादी पार्टी र नेपाली कांग्रेसबीचको गठबन्धनलाई नै अघि बढाउने उद्देश्यले आफूले समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग कुरा गरेको सुनाए ।
उनले भने,‘मैले उपेन्द्रजीसँग कुरा गरेको थिएँ, तर उहाँले कांग्रेससँग सम्झौता नगर्ने भनेपछि हामीले नेकपासँग कुरा गरेर सहमति गरेका हौं । अहिले हामीबीच भएको २ बुँदे सहमतिले रिक्त सिट जोगाउन बहुमत पुग्छ । हाम्रो सम्झौता निर्वाचन प्रयोजनको लागि हो । यसले हाम्रो पनि २ सिट सुरक्षित हुन्छ ।’
उनले उक्त सहमतिले संघीय सरकारमा राजपा सहभागी हुने भनेर कहीँकतैपनि नबोलेको स्पष्ट पारे । उनले भने,‘सम्झौता त आफैं बोलिरहेको छ नि, हामीबीच भएको सहमतिले २ नम्बर प्रदेशको सरकारलाई पनि कुनै असर गर्दैन् । सम्झौताले संघीय सरकार र प्रदेश सरकारको सम्बन्धमा केही पनि बोलेको छैन् ।’
दुई पार्टीबीचको सहमतिलाई लिएर शंकाको भरमा लंका नजलाउन पनि उनले आग्रह गरेका छन् । तर, दुई बुँदे सहमतिले सत्तारुढ नेकपासँग वार्ताको ढोका भने खोलेको उनको स्पष्टोक्ति थियो । उनले भने,‘हाम्रो मागप्रति सरकारको रवैया के हुन्छ रु हामीले उठाएका संविधान संशोधनको माग, हाम्रा नेता तथा कार्यकर्ताहरुमाथि लगाईएका झुठा मुद्दा फिर्ताको माग, रेशम चौधरीको रिहाईलगायतका माग छन्, यसमा सरकारको रवैया सकारात्मक भए हाम्रो व्यवहारपनि सकारात्मक हुन्छ ।’
उनले सरकारसँग राजपा नेपालको सहकार्य हुनसक्ने सम्भावना औंल्याए । उनले थपे,‘सरकारसँगको सहकार्यको सम्बन्धमा सरकारको व्यवहार र क्रियाकलाप र हाम्रो गतिविधिले निर्भर गर्छ । नेकपासँगको २ बुँदे सम्झौताले मात्रै सरकारमा जाने बाटो खुल्दैन्, राजपाको माग र मुद्दा सम्बोधन हुने हो भने सरकारसँग सहकार्य हुनसक्छ ।’
फरक प्रसँगमा उनले राजपा र समाजवादी पार्टीबीचको एकताको ढोका खुल्लै रहेको पनि स्पष्ट पारे । उनले भने,‘एकीकरण त हाम्रो पार्टीको कार्यनीति नै हो । अहिले जनताले बलियो वैकल्पिक शक्ति खोजिरहेका छन् । नेकपा र कांग्रेसजस्ता ठूला पार्टीले जनताको समस्या सम्बोधन गर्न सकेको छैनन् र सक्दैनन् पनि । अहिले जनताले वैकल्पिक राजनीतिक शक्ति खोजिरहेका छन् । हामी पनि वैकल्पिक शक्ति निर्माण्मा केन्द्रीत छौं ।’ सोहीअनुसार समाजवादी पार्टीसँग सहकार्य र एकीकरणको लागि आफूहरुले कार्यनीति बनाएको पनि उनले सुनाए ।
समाजवादी पार्टीसँग एकताको लागि कुरा भएको पनि ९ महिना बितिसकेको बताउँलै उनले भने,‘केही कुरा मिल्न नसकेकोले एकता सरेको हो । हामीले समानताको आधारमा एकता गर्नुपर्छ भनेका छौं, यसमा पनि क्लियर भएको छैन् । अर्को मधेशी, खस–आर्य र जनजातिलाई प्राथमिकता राखेर पहिलो क्लष्टर बनाएर जानुपर्छ भनेका छौं, यसमा पनि उपेन्द्रजी मान्नुभएको छैन् । सहमति हुन बाँकी छ ।’
उनले आफ्नो माग पूरा गराउन नसक्ने हो भने समाजवादी पार्टी सरकारमा किन बसिरहेको भन्दै प्रश्नसमेत गरे । उनले भने,‘माग पूरा गर्न नसक्ने हो भने सरकार छोड्नुपर्छ भनेर हामीले भनेका छौं । पार्टी एकता भनेको त सबै कुरा मिलेपछि हुने कुरा हो ।’
महतोले संघीय संसदको प्रतिनिधिसभाको सभामुखको निर्वाचन प्रक्रिया पुष ११ गतेबाट सुरु हुने बताउँदै सभामुखमा नेकपाको दाबी रहँदा उपसभामुख प्रतिपक्षलाई जाने स्पष्ट पारे । उनले भने,‘उससभामुख प्रतिपक्षलाई जाने हुँदा हामीलाई पनि आउन सक्छ, राजपा नेपाललाई पनि दिन सकिन्छ, अब कहाँ समझदारी हुन्छ, त्यही अनुसार हुन्छ ।’ उनले प्रदेश नम्बर २ को सरकारले विभिन्न कठनाईका बावजुदपनि आफ्नो काम गरिरहेको स्पष्ट पारे । उनले भने,‘प्रदेश सरकारले संघबाट पर्याप्त सहयोग पाईरहेको छैन् । सहयोग गर्नुपर्छ ।’

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  ११ : ४६ बजे