८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चापागाँउमा धुलोको सास्ती, छेक्न प्लाष्टिकको साहारा


६ पुस २०७६, आइतबार  

0
Shares

पसलमा प्लाष्टिक लगाएका चापागाउका पसलहरु । तस्विरः ललितपुर खबर

लपु संवादाता
५ पुस ०७६, चापागाँउ । दिनरात सडकको धुलो खान बाध्य चापागाँउबासीले नयाँ उपाय निकालेका छन् । सडकको धुलो पसलमा पसेर सामान बिर्गान थालेपछि ढोकामा प्लाष्टिक टाँगेर सामान जोगाउने उपाय लगाइएको हो ।
चापागाँउका कपडा व्यापारी राजेश चित्रकार धुलोले पसलको कपडा विगार्न थालेपछि प्लाष्टिक टाँगिएको बताउनु भयो । उहाँले भन्नुभयो,‘धुलोले कपडा विग्रन्छ । कपडा फ्याक्नु पर्दा घाटा पर्छ । त्यसैले पसलमा प्लाष्टिक टागेर बसेका छौं ।’

धुलाम्मे चापागाँउ सडकमा यात्रा गर्दै यात्रु ।

चापागाँउकै जुत्ता व्यापारी रघु श्रेष्ठले भने धुलोबाट बच्न दिनभर पसलमा फ्यान चलाउने गरेको बताउनु भयो । उहाले भन्नुभयो, ‘सडक ग्राइभेल गरेपछि झन् धुलो उड्न थाल्यो । त्यसैले पसलमा फ्यान चलाएर हावा बाहिर फ्याकेका हौ ।’ दुई महिनाअघि ठेचोको सिभिल होमबाट कालोपत्रे शुरु गरिएको भएपनि लामो समय कालोपत्रे नहुँदा धुलोको कारण याहाँको जनजीवन प्रभावित भएको हो ।
स्थानीय विकाश श्रेष्ठले नगरपालिकाले सडकमा पानी नछ्याप्दा स्थानीयबासीलाई कठिन भएको बताउनु भयो । उहाँले भन्नुभयो,‘नगरपालिका कर मात्रै उठाउछ । न धुलो हटाउछ, न त फोहोर नै उठाउछ ।’


चापागाँउ सडकको ठेक्का पाएको सव कन्ट्रटर लालीगुराँस निर्माण सेवाले यो सडक कालोपत्रे गरिरहेको छ ।
लालीगुराँसका ठेकेदार दिपक थापाको अनुसार कालोपत्रेका लागि चिसो चिडोे नसुक्दा लामो समय कालोपत्रे गर्न नसकिएको बताउनु भयो । उहाँले भन्नु भयो,‘कालोपत्रेको क्रममा झरि परेकाले पनि कालोपत्रे गर्न पाइएन ।’
सोमबारबाट कालोपत्रे शुरु हुने थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ८ : ०० बजे