११ असार २०८१, सोमबार | Mon Jun 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चापागाउँ अस्पतालमा अभावै अभाव


६ पुस २०७६, आइतबार  

0
Shares


६ पुस ०७६, चापागाँउ । दक्षिण ललितपुरका तीन गाउँपालिकाको केन्द्रका रुपमा रहेको गोदाबरी नगरपालिका–१० मा अवस्थित बज्रबाराही चापागाउँ अस्पतालमा आवश्यक जनशक्ति र उपकरणको अभाव रहँदा यसले प्रभावकारी सेवा दिनसकेको छैन् ।
अस्पतालका लागि नगरपालिकाले पर्याप्त बजेट छुट्ट्याउन नसक्दा अस्पतालमा विभिन्न किसिमका समस्या देखिएका छन् । पहिले दातृ निकायको सहयोगमा सञ्चालित हुँदाभन्दा अहिले स्थानीय सरकारको मातहतमा आउँदा बिरामीको चाप घटिरहेको पाइन्छ । अस्पतालमा नगरपालिकासँगै तीन गाउँपालिका र मकवानपुर जिल्लाकासमेत बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालमा कतिपय प्रविधि पूराना भएका र आधुनिक प्रविधि जडान गर्न नसक्दा बिरामीलाई सेवा दिन नसकिएको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालले दैनिक २४आँै घण्टे सेवा दिँदै आए पनि प्रयोगशालामा काम गर्ने जनशक्तिको अभाव रहँदा जम्मा १२ घण्टे सेवा सुविधा दिन बाध्य भएको सो अस्पतालका व्यवस्थापक मधुराम केसीले जानकारी दिनुभयो । उहाँका अनुसार विगत लामो समयदेखि बज्रबाराही सामुदायिक अस्पतालमा रहेको सो अस्पताल गत असोज १ गतेबाट बज्रबाराही चापागाउँ अस्पतालका नाममा नामाकरण भएपछि अहिले सम्पूर्ण जिम्मेवारी नगरपालिकालाई परेको छ ।

यस अघिको नगरपरिषद्मा निर्णय भएअनुसार नगरपालिकाले रु २० लाख अस्पताललाई दिएको थियो । सो रकम भने औषधि खरीद बाहेकको खर्चका लागि नगरपालिकाले दिएको हो । हाल अस्पतालमा रहेका औषधि केवल तीनदेखि चार महिना मात्र पुग्छ । अस्पतालमा पुरानो र सामान्य किसिमको अल्ट्रा साउण्ड गर्ने प्रविधि रहँदा नयाँ डिजिटल प्रविधिको उपकरण आवश्यकता परेको केसीले जानकारी दिनुभयो ।

सो अस्पतालमा बच्चा जन्माउने सुविधाको व्यवस्था रहँदा धेरै महिला सुत्केरी हुन आउने गरेका छन् । उनीहरुलाई अस्पतालमा उपचारका लागि एक दुई दिन राख्नुपर्ने हुँदा अस्पतालले चमेना गृहको अभावमा खानाको सुविधा दिन नसकेको अस्पतालका निमित सुपरटेण्डेन्ट डा किसन नेपालीले बताउनुभयो ।

‘अस्पतालमा बिबाहित र अबिबाहित दुवै किसिममा महिला गर्भपतन गर्न आउने गरेका छन्, अस्पताल सामुदायिक छँदा नियुक्त भएका कर्मचारीलाई तलब खुवाउन निकै ग्राहो भएको छ ।’, नेपालीले भन्नुभयो, ‘नगरपालिकाले औषधि खरीदका लागि मात्रै अर्काे रु १० लाख दिएको थियो, यति रकमले खरीद गरेको औषधि वर्ष दिनभरि कसरी पु¥याउने भन्ने समस्यामा हामी परिरहेका छाँै ।’

अस्पताल केवल १५ श्ययाको रहेको छ । नगरपालिकाभित्र १८ स्वास्थ्य संस्था रहेका छन् । सोमा १६ सामुदायिक र दुई आयुर्वे्दिक स्वास्थ्य संस्था छन् । अस्पतालको स्वास्थ्य शाखाका लागि तालीम हलको अभावका साथै अस्पतालको कोठमा तार जडान र सजाउने काम बाँकी भएको भए तापनि दैनिक ४० देखि ५० बिरामी सेवा लिन आउने गरेका बताइएको छ । राष्ट्रिय समाचार समिती

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ९ : ०४ बजे