८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पाटन दरवारमा चन्द्रमा,हेर्नेको भीड


६ पुस २०७६, आइतबार  

0
Shares

आइतबार राती बेलुनमा बनाइएको चन्द्रमा हेर्दै सर्वसाधारण । तस्विरहरु ः ललितपुर खबर

लपु संवाददाता
६ पुस ०७६, ललितपुर । आइतबार साँझ पाटन दरवारमा भीड थियो । भीडको बीचमा ठूलो चन्द्रमा थियो । ठ्याक्दै चन्द्रमा जस्तै । त्यही चन्द्रमा पृष्ठभूमिमा पारेर तस्विर खिच्न युवा युवती तछाड मछाड गर्दै थिए ।
खासमा यो चन्द्रमा बेलुनको बनाइएको थियो । चन्द्रमाको चारैतिरबाट डिम लाइट बालिएको थियो । हेर्दा ठ्याक्कै चन्द्रमा देखिन्थ्यो ।
चन्द्रमाको प्रतिमूर्ति कलाकार मिलन राईले राख्नुभएको हो । यो कला राईले बनाउनु भएको भने होइन । चीनमा बनाइएको यो कला पाटन दरवारमा आइतबार मात्रै राखिने राईले ललितपुर खबरलाई बताउनु भयो ।


ग्यालरीमा मात्रै कला राख्ने नभई सार्वजनिक स्थललाई कलात्मक बनाउनु आफ्नो काम भएको राईले बताउनु भयो ।
कलाकार राईले आफूले यो चन्द्रमा बनाएको नभए पनि पाटनको यो ठाँउमा राखेर जीवन्त कला पस्केको बताउनु भयो । राईले भन्नु भयो,‘सार्वजनिक स्थलमा कलात्मक भएन भने त्यो ठाँउ रुखो हुने बताउनु हुन्छ ।’


के हो यो चन्द्रमा ?
यो चन्द्रमा खासमा एउटा बेलुन हो । यो बेलुनको चारैतिर फ्रेक्स प्रिन्टको साहराले चारैतिर चन्द्रमाको तस्विर छापिएको छ । बेलुनमा हावा भरेर राखेपछि यसलाई ठ्याक्कै चन्द्रमाजस्तो देखिएको हो ।

 

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  १० : ५२ बजे