१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


राशिफल (७ पौष २०७६)


७ पुस २०७६, सोमबार  

0
Shares

 

ञ्चाङ्ग
वि.सं. २०७६ पुस ७ । सोमबार । इ.स. २०१९ डिसेम्बर २३ । शकसंवत् १९४१ । परिधावी संवत्सर। दक्षिणायन । हेमन्त ऋतु । ने.सं. ११४० थिंलागा । पौष कृष्णपक्ष । द्वादशी, १३ः४४ उप्रान्त त्रयोदशी । नक्षत्र– विशाखा, १८ः१६ बजेउप्रान्त अनुराधा । योग– सुकर्मा, ७ः११ बजेदेखि धृति, २८स्४० बजे उप्रान्त शूल । करण– तैतिल, १३ः४४ बजेदेखि गर, २४ः५७ बजेउप्रान्त वणिज । आनन्दादिमा मित्र योग । चन्द्रराशि– तुला, १२स्३० बजे उप्रान्त वृश्चिक । काठमाडौंमा सूर्योदय– ६ः५३ बजे, सूर्यास्त– १७ः१२ बजे र दिनमान २५ घडी ० पला । सोम–प्रदोष व्रत । सर्वार्थ्सिद्धि योग १८स्१६ बजेदेखि ।
राशीफल
मेष– बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने छ, ब्यापारमा पनि फाइदा होला ।
वृष– घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुन्छ ।
मिथुन– आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा फाइदा होला ।
कर्कट– सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ ।
सिंह– हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ, टाढाको यात्राबाट केही धनको पनि आर्जन हुनेछ ।
कन्या– समय मध्यमस्तरको छ । कुनै नयाँ समाचारले खिन्नता पनि बढ्न सक्छ, सोचेअनुरुप काम नहोला ।
तुला– छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ, तर खास हानि पुग्दैन, दिन ठिकै छ ।
वृश्चिक– धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । तर, शारीरिक अस्वस्थताको सम्भावना छ।
धनु– काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धनलाभ होला ।
मकर– परिवारजनमा असमझदारी बढ्नेछ, मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् सावधान रहनु होला ।
कुम्भ– धन मान पाउने योग छ । नोकरि तथा राजनितीमा आफनु बर्चस्व बढाउन सकिने छ ।
मीन– सामाजिक उत्तरदायित्व हासिल हुने योग छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ७ : २२ बजे