१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चावहिलमा विद्यार्थीलाई बसले ठक्कर दिएपछि तनाव


७ पुस २०७६, सोमबार  

0
Shares

आगलागीपछि क्षतिग्रस्त बस ।

७ पुस ०७६, चावहिल । काठमाडौंको चावहिल क्षेत्रमा विद्यार्थी सृष्टि पन्तलाई आज बिहान गाडीले ठक्कर दिएर गम्भीर घाइते भएपछि विद्यार्थीहरुले चावहिल क्षेत्रमा यातायात अवरुद्ध गरेका छन् ।
बा ७ ख ५९३० नम्बरको बसले पन्तलाई सुकेधारामा ठक्कर दिएको थियो । ठक्कर दिएर गाडी भागेपछि विद्यार्थीहरुले अन्य गाडीमा तोडफोड र आगजनी गरे ।
प्रहरीका अनुसार विद्यार्थीले एउटा गाडीमा आगजनी गरेका छन् भने अर्को गाडीमा तोडफोड गरेका छन् । विद्यार्थीलाई ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पन्त बीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी भएको प्रहरीले जानकारी दिएको छ ।
पशुपति क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीलाई ठक्कर दिएपछि क्याम्पसका विद्यार्थीहरुले अर्को गाडीमा आगजनी गरेका थिए । अहिले आगो पूर्ण नियन्त्रणमा लिइएको छ भने व्यापक प्रहरी परिचालन गरिएको छ ।

विद्यार्थीहरुले बा ४ ख ७१०१ नम्बरको बसमा आगजनी गरेका थिए भने बा ३ ख ४४३३ नम्बरको बसका सिसा तोडफोड गरिदिएका छन् ।

अहिले पनि अवस्था भने तनावग्रस्त छ ।
प्रहरी र विद्यार्थीबीच केहीबेर झडप समेत भएको थियो । र, सो क्रममा केही विद्यार्थी घाइते भएको पशुपति क्याम्पसका विद्यार्थी नेता करूणासागर सिग्देलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  १० : ०२ बजे