१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चापागाँउमा ऐतिहासिक ढुंगेधारा जिर्णेद्धार


९ पुस २०७६, बुधबार  

0
Shares

जिर्णोद्धारको क्रममा काम गर्दै कामदार । तस्विर ः ललितपुर खबर

९ पुस ०७६, चापागाँउ । ललितपुरको चापागाँउ बजारमा एक रहेको ऐतिहासिक पुरातात्विक महत्व रहेको ढुंगेधाराको जिर्णोद्धार शुरु भएको छ । मल्लकालीन यो ढुंगेधारा पुरिने अवस्थामा थियो ।
गैर सरकारी संस्था लुमन्तीको १३ लाख बजेटबाट यो ढुंगेधारा पुर्ननिर्माण गर्न थालिएका हिटिगा सचा पुचः उपभोक्ता समितीका अध्यक्ष मनिष शाक्यले बताउनु भयो ।
शाक्यका अनुसार ढुंगेधारा दाची ईटाका प्रयोग गरेर सुकी लगाएर बनाइन्छ । धारा पुर्ननिर्माण गर्न ३ महिना लाग्ने शाक्यले बताउनु भयो ।
बज्रवाराही नजिक रहेको पोखरीबाट ईंटाको डुड बनाएर ढुंगेधारा बनाइएको पाइएको छ । त्यही पोखरी भरिएपछि त्यो पानी ढुंगेधारामा खस्ने व्यवस्था गरिएको पाइएको एक स्थानीयले ललितपुर खबरलाई बताउनु भयो ।
चापागाँउमा ३ बटा ढुंगेधारा भए पनि अहिले २ वटा पुरिएको स्थानीय शान्तराज शाक्य बताउनुहुन्छ । ‘५० बर्ष अघि नै चापागाँउको माइक्रोपार्क र भैरव मन्दिर अगाडिरहेको ढुंगेधारा पुरिएको थियो ।’ उहाँले भन्नुभयो ।


पोखरीबाट ल्याएको पानी थुनिएको पाइएको शाक्यले बताउनु भयो । पानी ल्याउने ईटाको डुड थुनिएको पाइएको छ ।
चापागाँउ बस्तीमा पाइप लाइन विस्तार गरेर खानीपानीको प्रबन्ध गरेपछि बस्तीका ढुंगेधाराहरु पुरिएको स्थानीयबासीहरु बताउछन् । पुरिएको ढुंगेधारा उत्खननका विषयमा छलफल चल्दा स्थानीयबासीले बाटोको कारण धारा पुरिएको र उत्खनन गर्न सम्भव नभएको छmफलका क्रममा उठेको शाक्यले बताउनु भयो ।
स्थानीयबासीका अनुसार बस्तीमा पानी आउनुअघिसम्म ढुंगेधाराकै पानी खाने चलन थियो । त्यसताका कसैले पनि पानीको श्रोत फोहोर गर्दैनथिए ।
घर घरमा धारा आएपछि ढुंगेधारा प्रयोगविहीन बन्न पुग्यो । लुगा धुन नुहाउन मात्रै ढुंगेधारा प्रयोग हुने अवस्था आएको स्थानीयबासीको भनाई छ ।
९८५११७९२८७
मनिष शाक्य

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  १० : ३३ बजे