२० आश्विन २०८१, आइतबार | Sun Oct 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


राजधानीमा सम्पदा पदयात्रा शनिबारदेखि


९ पुस २०७६, बुधबार  

0
Shares


९ पुस ०७६, काठमाडौं । भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउने उद्देश्यले विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक सम्पदाहरुमा पदयात्रा गरिने भएको छ । बेटर नेपालको पहलमा हुन लागेको पदयात्रामा स्थानीय तहका जनप्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी, युवा, विद्यार्थी, कलाकार र सामाजिक अभियानकर्मी सहभागी हुने छन् ।
सरकारले गर्न लागेको अभियानमा सहयोग पु¥याउने हेतुसाथ पदयात्रा गर्न लागिएको अयोजकले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । बेटर नेपालका अध्यक्ष माला खरेलले पुस १२ गतेदेखि पद्यात्रा शुरु गरिने जानकारी दिनुभयो । पशुपति मन्दिरबाट शुरु गरिने पद्यात्रा वसन्तपुर दरबारसम्म पु¥याइने छ । पुस १९ गते माइतीघर मण्डलदेखि स्वयम्भू स्तूपमा पुग्ने कार्यक्रम छ ।
यस्तै पुस २६ गते पाटनढोकादेखि पाटन कृष्णमन्दिरसम्म र माघ ४ गते नयाँ ठिमी शङ्खधरचोकबाट भक्तपुर दरबार परिसरसम्म पद्यात्रा गर्ने कार्यक्रम छ । खेलकूदको माध्यमबाट नेपाल भ्रमण वर्षको प्रवद्र्धन गर्नका लागि सो दिन अन्तर्रा्ष्ट्रिय धावक बैकुण्ठ मानन्धरलाई सहभागी गराइने छ ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ८ : २३ बजे