११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


इमाडोल–लामाटार सडक विस्तार ६० प्रतिशत पुरा


१० पुस २०७६, बिहिबार  

0
Shares

सडक विस्तारको क्रममा रहेको इमाडोल लामाटार सडक अन्र्तगत सिद्धिपुर खण्ड । तस्विर ः ललितपुर खबर

१० पुस ०७६, इमाडोल । इमाडोल–लामाटार सडक विस्तारको काम शुरु भएको तीन वर्ष नाँघिसक्दा झण्डै ६० प्रतिशत मात्रै सम्पन्न भएको छ । सडक विस्तार गरी आवश्यक संरचना निर्माण र कालोपत्र तीन वर्षमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भए पनि निर्माण कार्य सुस्त रहेको छ ।
काठमाडौँ उपत्यकाका अरु स्थानमा जस्तै सडक छेउमा घर भएका स्थानीयवासीले घर र जग्गाको मुआब्जा माग गरिरहेकाले निर्माण कार्य सम्पन्न हुन नसकेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सडकको अधिकार क्षेत्रमा रहेका रुख र बिजुलीका खम्बा हटाउन नसकिएकाले पनि काममा बाधा पुगेको इञ्जिनीयर विश्व विजयलाल श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘खाली भएको सडकमा मात्रै पूर्वाधार निर्माणको काम अघि बढिरहेको छ ।’
पहिले छ÷सात मिटर चौडाइ रहेको सो सडकलाई २० मिटर चौडा गर्ने र सडकमा ढल, पैदलयात्रु मार्गलगायतका संरचना निर्माण गर्ने भनी विसं २०७३÷७४ मा ठेक्का सम्झौता भएको थियो । स्थानीयवासीले घर भत्काउन नमानेर सङ्गठित रुपमा अवरोध गर्दा लामो समयसम्म काम ठप्प भएको आयोजनाले जनाएको छ ।
तीन खण्डमा विभाजित सो सडक निर्माणको जिम्मेवारी डाँफे समानान्तर जेभी, आशिष सिएम ड्रागन जेभी, लामा समानान्तर जेभीलाई दिइएको थियो । जसमध्ये दुई खण्डमा काम गरिरहेका व्यवसायीको अवधि यही महिनामै सकिँदैछ भने अर्को खण्डमा काम गरिरहेको व्यवसायीको अवधि आगामी जेठ महिनासम्म छ ।

प्रकाशित मिति : १० पुस २०७६, बिहिबार  ७ : ४० बजे