१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंको तापक्रम शुन्यभन्दा तल


१० पुस २०७६, बिहिबार  

0
Shares


१० पुस ०७६, काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम शून्य दशमलव ९ डिग्री सेल्सियसमा झरेको छ । तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । यो काठमाडौँ उपत्यकाको यस वर्ष मापन गरिएको सबैभन्दा कम तापक्रम हो ।
बुधबार उपत्यकाको तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस थियो । मौसमविद् गङ्गा नगरकोटीका अनुसार तापक्रम निरन्तर घट्ने क्रममा रहेको छ । ‘पश्चिमी वायुको प्रभाव पुन दोहोरियो भने यस वर्ष उपत्यकाको तापक्रम माइनसमा पनि पुग्न सक्छ ।’ मौसमविद् नगरकोटीले भन्नुभयो ।
महाशाखाले तराईका भू–भागमा बिहानको समयमा बाक्लो हुस्सु÷कुहिरो रहेकाले राम्रोसँग घाम नलाग्ने भएकाले तापक्रममा गिरावट आई चिसो नै रहने भएकाले चिसोबाट बच्ने उपाय अपनाउनु उपयुक्त हुने जनाएको छ । साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ । चिसोबाट विशेष गरी वृद्धवृद्धा र बालबालिका बढी प्रभावित हुने गरेकाले चिकित्सकले सावधानी अपनाउन आग्रह गरेका छन् ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेको छ । त्यसैगरी दिपालय ३.५, पोखरा ६.०, सिमरा १०.०, धनकुटा ५.९ र ओखलढुङ्गाको ३.५ डिग्री सेल्सियस मापन गरिएको छ ।

प्रकाशित मिति : १० पुस २०७६, बिहिबार  ८ : ४० बजे