११ पुस ०७६,तीनकुने । संजिव ओली र प्रिती शेर्पा लगायत ६÷७ जनाको समूहले कठमाडौंको सुविधानगर स्थित हेवन रेष्टुरेन्टमा सेतु कुकुरलाई रडले हानेर मारेको आरोप लगाउदै रिपोटर्स क्लवमा पत्रकार सम्मेलन गरेर कारवाहीको माग गरेका छन् ।
महानगरीय प्रहरी वृत्त वानेश्वरमा सेतु मारिएको घटनाबारे त्यसै रेष्टुरेण्टका सबिना आपागाईंलगायत केहि बहालवाला व्यवसायीहरू मिली निवेदन दिईएकोमा प्रहरीद्वारा निवेदन स्वीकार नगरि उल्टो निवेदकहरू सेतुको मालिक नभएको भन्दै उनीहरूलाई गाली र हप्किदप्कि गरी पठाइको भन्दै विरोध गरेका हुन् ।
सुविधानगरस्थित हेवन रेस्टुरेन्ट भएको भवनको पार्किङ्गमा बिगत २ बर्ष देखि बस्दै आएको सेतु नाम गरेको कुकुरलाई दोलखा जिल्ला, बिगु गाउपालिका घर भई अहिले काठमाडौँ शान्तिनगर बस्दै आएका जसमा महानगरीय प्रहरी वृत्त वानेश्वरका २ जना प्रहरी समेत मिली बिभत्स तरिकाले रड प्रहार गरी हत्या गरिएको आरोप लगाइएको छ ।
प्रहरीले निवेदन लिन नमाने पछि, सबिना आपागाईंले आफ्नो सामाजिक संजालमा सो घटनाको बारेमा लेखेपछि एसपिसिए नेपालको ध्यानाकर्षण गरेको र उक्त घटनाको जाहेरी दिन एसपिसिएको टोलीसहित ९ जना पशु कल्याण संस्थाका प्रतिनिधिहररू तिनकुने प्रहरी बिटमा पुगेकोमा विभिन्न निहुँ पारी प्रहरीले हाम्रो जाहेरी लिन नमानेको कार्यक्रममा जारी गरिएको प्रेस विज्ञप्तमिा उल्येख छ । साथै प्रहरीले सेतु मार्ने पक्ष संग मिलापत्र गर्ने सुझाव दिएको बताइएको छ ।
जाहेरी लिएर संस्थाका प्रतिनिधिहरू ९ दिन सम्म प्रहरी वृत्त वानेश्वरमा धाए पनि र जाहेरी दर्ता नभएपछि पिडित पक्षले सरकारी वकिलको कार्यालय बबरमहलमा जाहेरी दिन पुगेका तर १ महिना समय लाग्ने भन्दै फर्काइएको पिडितले बताएका छन् ।
कुकुर मारेको आरोपसहित कारवाहीको लागि टोली न्यायाधिवक्ता अग्नि प्रसाद खरेलको कार्यालयसम्म पुगेर ध्यानाकर्षण समेत गरेका छन् । खरेलले सरकारी वकिलले यस्तो काममा हस्तक्षेप गर्न मिल्दैन नमिल्ने भन्दै फर्कादिनु भएको छ ।
नेपालको मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २९० अनुसार पशुपंछीप्रति निर्दयी व्यवहार गर्न नहुने र सो गर्ने वा गराउनेलाई तीन महिना सम्म कैद वा ५ हजार रुपैयाँ सम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ । उक्त धारा अनुसार अभियुक्तलाई कारवाही गरियोस् भन्ने हामी पशु कल्याणकारी संघ संस्थाहरूको माग छ ।
विभिन्न १० संस्थाहरूले पौष १० गते, बिहिबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलनको कार्यक्रम राखेका थिए ।
११ पुस २०७६, शुक्रबार
0
Shares
प्रतिक्रिया