८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


घुसेल माविको नवनिर्मित भवन हस्तान्तरण


१३ पुस २०७६, आइतबार  

0
Shares

हस्तान्तरण कार्यक्रममा बोल्दै पालिका अध्यक्ष विर बहादुर लोप्चन ।

१३ पुस ०७६, घुसेल । दक्षिण ललितपुरको घुसेलस्थित घुसेल माध्यमिक विद्यालय व्यवस्थापन समितीलाई हस्तान्तरण गरिएको छ । जापानी सहयोग नियोग जाईकाको सहयोगमा निर्मित विद्यालय भवनको पुर्वअर्थ राज्यमन्त्री उदयशम्सेर राणा र वागमती गाँउपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले नवनिर्मित भवनको ताम्रापत्र अनावरण गरी साँचो विद्यालय व्यवस्थापन समितीलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक रमेश न्यौपानेले यो दिन विद्यालयको लागि ऐतिहासिक दिन भएको भन्दै खुशी व्यक्त गर्नु भयो । भुकम्पपपछि टेन्ट र छाप्रोमा विद्यालय सञ्चालन गर्नुपरेको क्षणलाई सम्झदै न्यौपानेले कक्षा व्यवस्थापन विद्यालय सञ्चालनको प्रमुख आधार भएको र जसलाई यस्ता अत्याधुनिक भवनले धेरै फरक पार्ने बताउनु भयो । अझै पनि विद्यालयको लागि चुनौतिहरु धेरै रहेको र जसलाई आफूहरुले अवसरको रूपमा लिएर अगाडि बढ्ने उनले बताउनु भयो । अन्य स्थानमा विद्यार्थी अभावको समस्या झेलिरहे पनि यस विद्यालयमा भने ३०२ विद्यार्थीहरु अध्ययनरत छन् । तर सामुदायिक विद्यालयप्रति अभिभाभकले हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्ने प्रधानाध्यापक न्यौपानेको धारणा थियो ।।
गाउँपालिकाका शिक्षा शाखा प्रमुख अमृत थापा मगरले विद्यालयमा आवश्यक सबै भौतिक संरचनाहरु पूर्ण भएकाले अबको चुनौती गुणस्तरीय शिक्षा फेर्नु रहेकोमा जोड दिनु भयो । विद्यार्थीको उपलब्धी नै गुणस्तरीय शिक्षाको मापक रहेको भन्दै उहाले विद्यार्थीको समस्यामा केन््रृत रहनुपर्ने शिक्षकको दायित्व रहेको बताउनु भयो ।
वडाध्यक्ष तथा सामाजिक शाखा प्रमुख विजय कुमार लो ले तीनै तहका सरकारले शैक्षिक गुणस्तरमा विशेष ध्यान दिनुपर्ने भन्दै विद्यालय सुधार गर्नमा अभिभावकहरुको प्रमुख भूमिका हुने बताउनु भयो ।


घुसेलका जनप्रतिनिधिहरुले सुविधासम्पन्न भवन निर्माण गरिदिने दातालाइ धन्यवाद दिदै स्थानीय सरकार गुणस्तरीय शिक्षाका लागि सहयोग गर्न तयार रहेको र प्रदेश तथा संघीय तहले पनि यसका लागि ध्यान दिनुपर्ने बताएका थिए ।
पुर्वअर्थराज्यमन्त्री राणाले शिक्षा, स्वास्थ्य, खानेपानी सडक बत्तीलगायतका क्षेत्रको सुधार गर्नका लागि खटिरहेको बताउनु भयो । विकासका लागि स्थानीय तथा प्रदेश र केन्द्रीय सरकार दुई तिहाइको भए पनि विकासको निर्माणमा ध्यान नदिएका आरोप लगाउदै उहाँले सरकारी निकायमा भ्रष्टाचार मौलाएको बताउनु बताउनु भयो ।
गाउँपालिका प्रमुख वीरबहादुर लोप्चनले गुणस्तरीय शिक्षा दिनको लागि प्राविधिक शिक्षा पढ्नेहरू विद्यार्थीका लागि पालिकाले छात्रवृत्तिको ब्यवस्था गरेको जानकारी दिनु भएको थियो । राष्ट्रिय खेलकुद परिषदका पुर्व कोषाध्यक्ष मिनकृष्ण महर्जन, जाईका नेपालका जिल्ला प्रमुख ईन्जिनियर प्रेम राई, व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर ला,े भुकम्प प्राधिकरणका प्रतिनिधी, भवन निर्माण कम्पनीका प्रमुख, विभिन्न राजनीति दलका प्रतिनिधी,सामाजिक अभियान्तहरुको सहभागीता थियो ।
.

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ८ : ०९ बजे