१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको कुमारीपाटीमा अब रात्रीकालीन बजार


१३ पुस २०७६, आइतबार  

0
Shares

सभामा सहभागीहरु ।

लपु संवाददाता
१३ पुस ०७६, जावलाखेल । नेपाल भ्रमण बर्ष २०२० को सन्दर्भ पारेर कुमारीपाटी जावलाखेल व्यापार संघले कुमारीपाटीमा रात्रीकालीन बजार खोल्ने निर्णय गरेको छ । संघको चौथो वार्षिक साधारण सभाले निर्णय अनुसार हरेक शुक्रबार मात्रै रात्री कालीन बजार खुल्नेछ । बजार रात्रीको १० बजेसम्म खुलिने निर्णय गरिएको छ ।
ललितपुर प्रहरी प्रमुख एसएसपि टेकप्रसाद राईले रात्रीकालिन बजारका लागि सुरक्षा दिने बताउनु भयो । उहाँले भन्नुभयो, ‘भ्रमण बर्षलाई सफल बनाउन यो योजना सहयोगी हुने विश्वास सहित व्यावसायी र सुरक्षाकर्मी मिलेर काम गर्ने हो भने अवश्य सफल हुन्छ ।’
प्रमुख जिल्ला अधिकारी भगिरथी पाण्डेले ललितपुरको व्यवासाय प्रवद्र्धनमा प्रशासनले सधै सहयोग गर्ने बचन दिनु भयो । उहाँले भन्नु भयो,‘व्यावसयी सफल भए समाज समृद्ध हुन्छ ।’
कुमारीपाटी व्यापार संघका अध्यक्ष पुष्परत्न शाक्यले रात्रीकालीन बजार सफल भए समयावधि विस्तार गरिने जानकारी दिनुभयो ।
यस क्षेत्रमा अहिले करिव ६ सयको संख्यामा पसलहरु संचालित छन् । यस क्षेत्रमा ४० वटा बैैंक, ६० वटा सहकारी, ३५ वटा शैक्षिक संस्था रहेका छन् ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ९ : ३२ बजे