१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंका स्कूलमा ‘नेवारी भाषा’ पढाई हुने


१३ पुस २०७६, आइतबार  

0
Shares

१३ पुस ०७६, काठमाडौं । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्रका विद्यालयमा आगामी शैक्षिक सत्रदेखि ‘नेपाल भाषा’ विषय नियम लागू गर्ने भएको छ ।
काठमाडौँ महानगरपालिका र जगतसुन्दर ब्वनेकुथिको संयुक्तआयोजनामा महानगरपालिकाभित्रका विद्यालयमा कक्षा १ देखि ८ सम्म पढाइने ‘नेपाल भाषा’ विषयको पाठ्यक्रम निर्माणका लागि विज्ञहरुबाट सुझाव सङ्कलन गर्न आयोजित कार्यशाला गोष्ठीमा सो जानकारी दिइएको हो ।
महानगरपालिकाभित्रका कूल ४३५ विद्यालयमध्ये २७ विद्यालयमा ‘नेपाल भाषा’को पढाइ भइरहेको छ । कामपा शिक्षा विभाग नेपाल भाषा पाठ्यक्रम निर्माण समितिका सदस्य सचिव मोतिराज खनालले नेपालको मौलिक संस्कृति र भाषा भएको नेवार समुदायको नेपाल भाषालाई कुनै पनि हालतमा मेट्न दिन नहुनेमा जोड दिँदै महानगरभित्रका विद्यालयमा नेपाल भाषा अनिवार्य विषयका रुपमा लागू गर्न महानगर प्रतिबद्ध रहेको बताउनुभयो ।
विद्यार्थीलाई नेपाल भाषा अध्ययनका लागि प्रोत्साहित गर्ने तथा शिक्षक अभाव भए नेपाल भाषा पढाउने शिक्षक तयार गर्न महानगरपालिकाले तालीम प्रदान गर्ने जानकारी उहाँले दिनुभयो ।
वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीले कार्यशाला गोष्ठीको उद्घाटन गर्दै महानगरपालिकाका पछिल्लो कदम सरहानीय रहेको बताउनुभयो । उहाँले विश्वमा कहीँ नभएको नेपालको मौलिक कला, संस्कृति तथा नेपाल भाषाको जगेर्नाका लागि सङ्घीय सरकार तथा प्रदेश सरकारले पर्याप्त ध्यान नदिएको बताउँदै सरकार यसतर्फ गम्भीर नभएमा नेपालको अद्घितीय सम्पदा नासिएर जाने बताउनुभयो ।
त्रिवि केन्द्रीय विभागका प्रमुख ओमकारेश्वर श्रेष्ठले नेपाल भाषा तथा यसका लिपि विश्वकै लागि उदाहरणीय रहेको बताउँदै नेपालको सम्पदा नेवार समुदायको मात्र नभई देशको सम्पदा भएकाले यसको संरक्षणका लागि सरकारसहित सम्पूर्ण नेपाली जनताको साथ र समर्थन आवश्यक रहेको टिप्पणी गर्नुभयो ।
संस्कृतिविद् प्रा डा चुन्दा बज्राचार्यले आगामी शैक्षिक सत्रदेखि नेपाल भाषा पढ्न पाउने महानगरपालिकाको कदमबाट सम्पूर्ण नेपाल भाषा प्रेमीमा खुशीको सञ्चार भएको बताउँदै विद्यालयका बालबालिकालाई नेवार समुदायको नखःचखः, कुमारीजात्रा, मोहनी, म्हपूजा, सिठी नखः, लुँहिती, मरुहिती, काष्ठमण्डपजस्ता सम्पदाका बारे ज्ञान दिने उद्देश्यले महानगरभित्रका विद्यालयमा नेपाल भाषा अनिवार्य गर्न लागेको जानकारी दिनुभयो ।
जगत सुन्दर ब्वनेकुथि सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले विश्वमा प्रविधिको विकाससँगै नयाँ पुस्तामा कला, संस्कृति तथा भाषाको जगेर्नाका विषयमा रुचि घट्दै गएकोमा चिन्ता व्यक्त गर्दै आफूले नेपाल भाषाको उत्थानका लागि विद्यार्थीलाई प्रेरित गर्न नेपाल भाषा लिई एसइईमा प्रथम हुनेलाई रु २५ हजार नगदसहित सम्मान गर्दै आएको बताउनुभयो ।
कामपा शिक्षा विभाग नेपाल भाषा पाठ्यक्रम निर्माण समितिका सदस्य गुह्ेश्वरी श्रेष्ठले महानगरपालिकाले नेपाल भाषाको संरक्षणका लागि विद्यालयमा नेपाल भाषाको पठनपाठनको तयारीका लागि पाठ्यक्रम बनाउन लागेको जानकारी दिनुभयो ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ९ : ५१ बजे