१२ असार २०८१, मंगलबार | Tue Jun 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंका सम्पदाको स्वरूप फेरिँदै


१४ पुस २०७६, सोमबार  

0
Shares

रंगरोगनपछि चिटिक्क देखिएको पशुपतिनाथ मन्दिरपरिसिर । तस्विर ः ललितपुर खबर

शर्मिला पाठक
१४ पुस ०७६, काठमाडौं । पर्यटन बर्षको पुर्वसन्ध्यामा काठमाडौँको मुख्य आकर्षणका रूपमा रहेका चार सम्पदा हनुमानढोका, स्वयम्भूनाथ, बौद्ध र पशुपतिनाथ मन्दिरलाई सुन्दर र आकर्षक बनाउन रङ लगाउने र सरसफाइको काम भइरहेको छ ।

पशुपति मन्दिर परिसरमा रंग लगाउदै पेण्टर ।

काठमाडौं महानगरका प्रमुख शाक्य काठमाडौँ आउने पर्यटकमध्ये ९० प्रतिशतले यी चार सांस्कृतिक सम्पदाको अवलोकन गर्ने पाइएकाले सोहीअनुरूप सौन्दर्य अभिवृद्धिमा खटिएको बताउनु भयो । सहकार्य गरेर मात्रै भ्रमण वर्ष सफल बनाउन सकिने भन्दै प्रमुख शाक्यले कामपासँग भगिनी सम्बन्ध भएका विभिन्न मुलुकका नगरलाई नेपाल भ्रमण गर्नका लागि निम्तो दिएको पनि जानकारी गराउनुभयो ।
केन्द्र सरकारको भन्दा पनि भ्रमण वर्षलाई सफल बनाउन स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने भन्दै उहाँले यसका लागि सबै स्थानीय तहनै जिम्मेवार बन्नुपर्ने बताउनुभयो । सौन्दर्य अभिवृद्धिका लागि चालू आर्थिक वर्षमा कामपाले रु १० करोड विनियोजन गरेको छ । राष्ट्रिय समाचार समिती

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ९ : ३४ बजे