१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सामाजिक सुरक्षा लागू गरे बैंकका कर्मचारी आन्दोलनमा जाने


१५ पुस २०७६, मंगलबार  

0
Shares

१४ पौष ०७६, काठमाडौं । एकातिर सामाजिक सुरक्षा लागू नगर्दा नीजि कम्पनीका कर्मचारीहरु पिडित भएको गुनासो गर्ने गरे पनि बैंकका कर्मचारीहरुले भने ‘सामाजिक सुरक्षा लागू गरे आन्दोलनमा जाने चेतावनी दिएका छन् । सामाजिक सुरक्षाका प्रावधानभन्दा ज्यादा सुविधा उपभोग गरिरहेका बैंकका कर्मचारीहरु खाईपाई आएको सुविधा कटौती हुने भएपछि आन्दोलित भएका हुन् ।
रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेपाल वितीय संस्था कर्मचारी संघको राष्ट्रिय समितिका अध्यक्ष पदरमराज रेग्मीले हालै नेपाल राष्ट्र बैंकले योगदानमाआधारित साामजिक सुरक्षा योजनालागू गर्न जारी गरेको निर्देशिका जर्बजस्तीलागू गर्न खोजिएको भन्दै आन्दोलनमा जाने चेतावनी दिनु भएको हो ।
खाइपाइ आएको सेवा सुविधा समेत कटौती हुने गरी अव्यवहारिक तरिकाले सामाजिक सुरक्षा योजना लागू गर्न खोजिए आन्दोलनमा जानुको विकल्प छैन, अध्यक्ष रेग्मीले भने । वित्तीय संस्थाका कर्मचारीको मनोबल बिर्ग गर्न प्रगतिमा समेत असर पर्ने भन्दै त्यसविरुद्ध कडा कदम चाल्दा पर्न जाने असरको जिम्मेवार सम्बन्धित निकाय नै हुने बताए । सरकार र सरोकारवालासित छलफल गरेर अगाडी बढ्न तयार रहेको बताए । सामाजिक सुरक्षा योजनामा जाँदा यस क्षेत्रमा कार्यरत कर्मचारीहरुले पाइरहेको सेवा सुविधाहरुको सुरक्षा ग्यारेन्टी गरेर मात्र सामाजिक सुरक्षा योजनामा सहभागी हुने व्यवस्था गर्नुपर्ने उनको भनाई थियो ।
संघका वरिष्ठ उपाध्य क्षधर्मप्रसाद खनालले निर्देशिका अबिलम्ब फिर्ता गरी काुननी र व्यवहारिक जटिलतालाई सहज तथा अनुकूल बनाएर मात्र लागू गर्न सरकार तथा नियामक निकायसँग माग गर्नुभयो । आफूहरु सामाजिक सुरक्षा योजनाको विरोधी नभएको तर यसको व्यवहारिक पक्षतर्फ ध्यान दिनुपर्ने बताउनु भयो । उहाले नौंबुँदे अपिल सार्वजनिक गर्दै त्यसको सम्बोधन भएपछि मात्र लागू गर्न माग गर्नुभयो ।
संघका महासचिव हरिराज खरेलले सरोकार वालाहरुलाई बेवास्ता गरी जर्बजस्ती निर्देशन दिइएको भन्दै आपत्ती जनाउनु भयो । ‘नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशनबाट समग्र बैंक तथावित्तीय क्षेत्रमाकार्यरत आमकर्मचारीहरुले हालउपभोग गरिरहेका सुविधाहरु कटौती हुनसक्छ ,’ महासचिव खरेलले पत्रकार सम्मेलनमा भन्नुभयो,‘कर्मचारी तथा हाम्रो. अपिललाई बेवास्ता गरेर एकपक्षीय रुपमा अघि बढेमा आन्दोलनमा जान वाध्य हुनेछौं ।’ जारी निर्देशन अबिलम्ब फिर्ता गरी यस क्षेत्रको अन्यौलता अन्त्य गर्न समेत संघले माग गरेको छ ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  ९ : ४९ बजे