४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


आजको राशिफल (१६ पुस ०७६,बुधवार)


१६ पुस २०७६, बुधबार  

0
Shares


षष्ठी, सन् २०२० प्रारम्भर राष्ट्रिय टोपी दिवस र राष्ट्रिय मेलमिलाप दिवस
पञ्चाङ्ग
वि.सं. २०७६ पुस १६ । बुधबार । इ.स. २०२० जनवरी १ । शकसंवत् १९४१ । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । ने.सं. ११४० पोहेलाथ्व । पौष शुक्लपक्ष । षष्ठी, १६ ः ५९ उप्रान्त सप्तमी । नक्षत्र– पूर्वभाद्रपदा, २७ः३१ बजे उप्रान्त उत्तरभाद्रपदा । योग– व्यतीपात, २१ ः ४० बज ेउप्रान्त वरियान् । करण– तैतिल, १६ ः ५९ बजेदेखि गर, ३० ः ०४ बजेउप्रान्त वणिज । आनन्दादिमा पद्म योग । चन्द्रराशि– कुम्भ, २० ः ५१ बजे उप्रान्त मीन । काठमाडौंमा सूर्योदय– ६ ः ५६ बजे, सूर्यास्त– १७ ः १८ बजे र दिनमान २५ घडी ४ पला । पञ्चक । सन् २०२० प्रारम्भ ।
मेष– आम्दानी बढढ्नेछ परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ ।
वृष– कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ ।
मिथुन– आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ ।
कर्कट– लाभ हुने काम प्रारम्भ गर्ने समय छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ।
सिंह– साझेदारीमा राम्रो फाइदा हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ।
कन्या– अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ ।
तुला– सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ ।
वृश्चिक– व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् ।
धनु– भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । व्यापारमा प्रशस्त फाइदा हुनेछ ।
मकर– अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । काम पूरा नहुनाले मन खिन्न रहनेछ ।
कुम्भ– समयमा होसियार बन्न नसक्दा काम बिग्रने र खर्च बढ्ने देखिन्छ । मेहनतअनुसार फाइदा कमै होला ।
मीन– ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। अरूले फसाउन सक्छन्।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ८ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।