१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सुनसरीमा पत्रकारको परिचयपत्र खारेजीको विषयमा छानविन समिती


१६ पुस २०७६, बुधबार  

0
Shares

१५ पुस ०७६, सुनसरी । नेपाल पत्रकार महासङ्घ सुनसरीले दुई पत्रकारको सदस्यताका विषयमा छानबिन समिति गठन गरेको छ । महासङ्घ सुनसरीका अध्यक्ष अमर खड्काको अध्यक्षतामा बसेको बैठकले महासङ्घ सुनसरीका सदस्य चन्दन रौनियार र विजय राईको सदस्यता राख्ने वा खारेज गर्ने भन्ने विषयमा छानबिन गर्नका लागि समिति गठन गरेको हो ।
महासङ्घ सुनसरीका महिला उपाध्यक्ष शुभद्रा प्याकुरेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको महासङ्घ सुनसरीका सचिव हिमाल दाहालले बताउनुभयो । समितिको सदस्यमा ध्रु्रव ढकाल र दिनेश गजमेर रहनुभएको महासङ्घले जनाएको छ ।

केही दिन अगाडि सुनसरीको दुहबीमा ऐम्बुलन्स चालकलाई कुटपिट गरेर प्रहरीको हिरासतमा रौनियार गएका थिए भने राई लागुऔषध सेवनमा प्रहरीको नियन्त्रणमा परेका थिए । दुवै अहिले धरौटीमा रिहा भएका छन् । रौनियार र राईको कामले समस्त पत्रकारिता क्षेत्र बदनाम भएको भन्दै उनीहरुको सदस्यता राख्ने वा खारेज गर्ने भन्ने विषयमा छानबिन गर्नका लागि समिति गठन गरिएको हो ।

त्यसैगरी केही दिन अगाडि महासङ्घका सुनसरी उपाध्यक्ष सन्तोष काफ्लेमाथि भएको आक्रमणको मुद्दाको विषयमा सहयोग गर्नका लागि तीन सदस्यीय समिति गठन गरिएको छ । समितिमा महिला उपाध्यक्ष प्याकुरेल, महासङ्घ सुनसरीका सदस्य अजितकुमार झा र अर्जुन सुवेदी सदस्य रहेको महासङ्घका सचिव दाहालले बताउनुभयो । समितिले काफ्लेको मुद्दाको विषयमा सरकारी वकिल, अन्य वकिल, सुरक्षा निकायसँग सहकार्य गर्नका लागि समिति गठन गरेको हो ।

त्यसैगरी महासङ्घले नयाँ सदस्यका लागि सदस्यता भर्न आह्वान गरेको छ भने शुद्धीकरण अभियानसमेत सञ्चालन गर्ने निर्णय गरेको छ । सुनसरीमा कतिपय गैरपत्रकारले समेत पत्रकार महासङ्घको सदस्यता लिएकाले उनीहरुको सदस्यता खारेज गर्नका लागि सदस्यता शुद्धीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको महासङ्घ सुनसरीले जनाएको छ ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  १० : २७ बजे