८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरको सिद्धपोखरीमा नौका विहार सरर


१६ पुस २०७६, बुधबार  

0
Shares


पर्यटन वर्ष २०२० को अवसरमा भक्तपुरको ऐतिहासिक सिद्धपोखरीमा भक्तपुर नगरपालिकाले बुधबारबाट सञ्चालनमा ल्याएको नौका विहार

१६ पुस ०७६, भक्तपुर । भक्तपुरको ऐतिहासिक सिद्धपोखरीमा अब नौका विहारमा सरर घुम्न पाइने भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी भक्तपुर नगरपालिकाले आजदेखि नःपुखुमा नौका विहार (डुङ्गा) सञ्चालनमा ल्याएपछि नौका विहार गर्नेको घुइँचो लागेको छ ।
हाललाई चारवटा डुङ्गा ल्याएर नगरपालिकाले केही दिनका लागि निःशुल्क नौका विहार सञ्चालन गर्ने भएको छ भने नगरपालिकाले कार्य्विधि बनाएर निश्चित शुल्क लिएर निरन्तर रुपमा नौका विहार सञ्चालन गर्ने भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले एउटा डुङ्गाको चार लाख ५० हजारको लागतमा चारवटा डुङ्गा ल्याएर सञ्चालन गरेको हो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न र स्वदेशी तथा विदेशी पर्यटकलाई नौका विहारको मनोरञ्जन प्रदान गर्न भक्तपुर–१ सिद्धपोखरीमा सञ्चालित नौका विहारको उद्घाटन गर्नुभयो ।
उहाँले भ्रमण वर्षको अवसर पारी भक्तपुर नगरपालिकाले भक्तपुरको सिद्धपोखरीमा नौका विहार सञ्चालनमा ल्याएको बताउँदै यसलाई व्यवस्थित बनाउन कार्य्विधि नै बनाएर अगाडि बढ्ने बताउनुभयो । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भन्नुभयो, “भक्तपुरको पोखरीहरूलाई जीवन प्रदान गर्न पोखरीहरुमा डुङ्गा सञ्चालन गरी नौलो कामको शुरुआत गरेको बताउनुभयो ।
हाललाई सिद्धपोखरीमा सञ्चालन गरिएको नौका विहारलाई नगरपालिकाले कार्य्विधि बनाएपछि नःपुखुमा समेत सञ्चालन गरिने बताउँदै वडा नं १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले नःपुखुका लागि थप डुङ्गा मगाएकाले आउने बित्तिकै सञ्चालन गर्ने योजना रहेको बताउनुभयो ।
नौका विहारलाई सुरक्षित रुपमा सञ्चालन गरिएको दाबी गर्दै उहाँले नौका विहारमा उद्धारको टोलीसमेत तयारी अवस्थामा राखिएको बताउनुभयो । भक्तपुर नगरपालिकाले भ्रमण वर्ष अवसरमा आज बेलुकी सिद्धपोखरी र कमलपोखरीमा दीपावली गर्ने भएको छ ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ६ : ३४ बजे