१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


आजको राशिफल (१८ पौष २०७६, शुक्रवार)


१८ पुस २०७६, शुक्रबार  

0
Shares

अष्टमी ( श्वेतमत्स्येन्द्रनाथस्नान, अष्टमी व्रत र गोरखकाली पूजा
पञ्चाङ्ग
वि.सं. २०७६ पुस १८ । शुक्रबार । इ.स. २०२० जनवरी ३ । शकसंवत् १९४१ । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । ने.सं. ११४० पोहेलाथ्व । पौष शुक्लपक्ष । अष्टमी, २१ ः १८ उप्रान्त नवमी । नक्षत्र– रेवती, ३२ ः ३८ बजे उप्रान्त अश्विनी । योग– परिघ, २२ ः ४१ बजेउप्रान्त शिव । करण– भद्रा, ८ ः १५ बजेदेखि वव, २१ ः १८ बजे उप्रान्त वालव । आनन्दादिमा श्रीवत्स योग । चन्द्रराशि– मीन । काठमाडौंमा सूर्योदय– ६ ः ५७ बजे, सूर्यास्त– १७ ः १९ बजे र दिनमान २५ घडी ६ पला । पञ्चक । अष्टमी व्रत । गोरखकाली पूजा । श्रीश्वेतमत्स्येन्द्रनाथ स्नान । जनवहाद्यन्हव । सर्वार्थ्सिद्धि योग ८ ः १५ बजेदेखि ।
राशीफल
मेष– लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ ।
वृष– स्वादिष्ट भोजनको अवसर प्राप्त भए पनि पेटको समस्याले सताउन सक्छ। अनावश्यक जमघटले काममा बाधा पुर्याउला।
मिथुन– लगनशील बन्न नसक्ता अरूले आलोचना गर्न सक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ।
कर्कट– कृषिमा कामको चाप बढ्न सक्छ। चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ।
सिंह– उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ।
कन्या– विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ।
तुला– शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुख पाइनेछ। विभिन्न अवसरले पछ्याए पनि अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ ।
वृश्चिक– अर्थ अभावले चिताएको काम रोकिने सम्भावना छ। विगतको श्रमबाट भने लाभ हुनेछ। आक्षेप लगाउनेहरू दुख देलान्।
धनु– पठनपाठनमा समय दिन नसकिए पनि धैर्यसाथ काममा जुट्नुहोला, मेहनत गर्दा सामान्य लाभ भइरहनेछ ।
मकर– परिवारजन तथाआफन्तबीच आत्मीयतामा कमी आउला । तापनि, बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ ।
कुम्भ– खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ला । पढाइलेखाइमा समय दिन नसकिएला ।
मीन– समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। खर्चको तुलनामा कममात्र फाइदा हुने समय छ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  ७ : ०८ बजे