१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चापागाँउ सडक झरिमा पनि कालोपत्रे


१८ पुस २०७६, शुक्रबार  

0
Shares

झरिमा कालोपत्रे गर्ने झममा उडेको वाफ । तस्विर ः ललितपुर खबर

लपु संवाददाता
१८ पुस ०७६, ललितपुर । चापागाँउ सडक झमझम परेको झरिका कालोपत्रे गरिएको छ । पानी परिरहेको समयमा सडक कालोपत्रे गर्दा नटिक्ने भन्दै स्थानीयले विरोध गरेका छन् ।
एक स्थानीयबासीले नाम नलेख्ने शर्तमा भन्नु भयो,‘यसरी पानी पर्दा सडक कालोपत्रे गरेको पहिलो पल्ट देखे । अव यो सडक धेरै समय टिक्दैन ।’
झरि परिरहेको बेला यात्रुहरु छाता र वर्षदी ओडेर हिडिरहेका थिए भने सडक किनरमा पानीको भल बगेको थियो ।

पानीलाई हावाको प्रुरले निकाल्दै कामदार ।

तर सडक कालोपत्रे गरिरहेको लालीगुराँस निर्माण सेवाका ठेकेदार दिपक थापाले यसरी कालोपत्रे गर्दा कुनै फरक नपर्ने बताउनु भयो । उहाँले भन्नु भयो, ‘आकाशबाट परेको पानी भल बगेर गएकोले कालोपत्रे गर्दा कुनै फरक पर्दैन । विहान तयार गरिएको सामान सडकमा ल्याउदा विग्रने हुँदा कालोपत्रे गरिएको उहाँको भनाई थियो ।’विहान तयार गरिएको सामान सडकमा ल्याउदा विग्रने हुँदा कालोपत्रे गरिएको उहाँको भनाई थियो । चापागाँउ सडक निर्माण संर्घष समितीका अध्यक्ष रामभक्त महर्जनले पानी पर्दा पर्दै गरिएको कालोपत्र नटिक्ने दाबी गर्नुभयो ।

ठेचो चापागाँउ सडकखण्ड कन्टेक ठेक्का लिएर लालीगुराँस निर्माण सेवालाई सव कन्टयाकमा काम गनै दिएको थियो । वडाध्यक्ष दर्शन कुमार विष्टले भने,‘झरि परेको बेला ल्याइएको सामान जसरी पनि खेर जाने भनेर सडकमा हालेछन् । अव बाँकी अव काम हुदैन ।’ पाँच मिटर सडक कालोपत्र गरेपछि काम रोकिएको थियो ।

गोदावरी नगरपालिका १० का वडाध्यष दर्शन कुमार विष्ट कालोपत्रे हेर्दै ।

सामान्यतयाः चिसो मौसममा तापक्रम कम हुँदा सडक बलियो नहुने भन्दै कालोपत्रे गरिदैन । तर विगत केही दिनदेखि ठेचोबाट चापागाउ सडक कालोपत्रे गरिएको छ ।
विहान करिव ११ बजे टाहाखेल सडक कालोपत्रे गर्ने समयमा पानी पर्न थालेपछि काम नरोकि कालोपत्रे अघि बढाइएको थियो ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  ७ : १८ बजे