८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


देशभर वर्षा, सेताम्मे हिमपातपछि रमाइलो


१८ पुस २०७६, शुक्रबार  

0
Shares

बैतडीको सतबाँझस्थित हेलिप्याड डाँडामा शुक्रबार हिउँमा रमाउँदै आन्तरिक पर्यटक ।

१८ पुस ०७६, ललितपुर । पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर बदली रही पहाडी र हिमाली भूभागमा हिमपातको भएको छ । मौसम पूर्वानुमान महाशाखाले केही दिनदेखि झरि र हिमपातको सम्भावनाको खबर दिइरहेको थियो ।

शुक्रबार काठमाडौँको चिन्द्रगिरीमा हिउँमा रमाउँदै युवती ।

राजधानी वरपरका दलचोकी फुलचोकी चन्द्रगिरी नागार्जुन लगायतका पहाडमा हिउ परेको खबर छ । साथै देशभरका उच्च पहाडी क्षेत्र हुम्ला जुम्लालगायत जिल्लाहरुमा भारी हिमपात भएको छ ।
केही दिनयता नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र देशभर हल्का वर्षा भएको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । “वर्षा लगातार नभई केही समय रोकिँदै फेरी शुरु हुने छ”, मौसमविद् मानन्धरले भन्नुभयो ।

भारी हिमपातका कारण सटेडाबाट देखिएको बाजुराको गौमुल गाउँपालिका–५ पडिकोड क्षेत्र

राति देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।
भोलि देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र पहाडका केही स्थानमा हलका वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बैतडीको सतबाँझ क्षेत्रमा भएको भारी हिमपात ।

महाशाखाले आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात र पहाडका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको औँल्याएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस र अधिकतम तापक्रम १८ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

बैतडीको सतबाँझस्थित हेलिप्याड डाँडामा परेको हिउँ ।
डोटीको पुर्वीचौकी गाउँपालिकासँगै जोडिएको खप्तड झिग्रानामा परेको हिमपात ।
बैतडीको सतबाँझ क्षेत्रमा भएको भारी हिमपात ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  ८ : ५४ बजे