१ जेष्ठ २०८१, मंगलबार | Wed May 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


आजको राशिफल (१९ पुस २०७६, शनिवार)


१९ पुस २०७६, शनिबार  

0
Shares


पञ्चाङ्ग
वि.सं. २०७६ पुस १९ । शनिबार । इ.स. २०२० जनवरी ४। शकसंवत् १९४१ । परिधावी संवत्सर। दक्षिणायन । हेमन्त ऋतु । ने.सं. ११४० पोहेलाथ्व । पौष शुक्लपक्ष । नवमी, २३ ः १३ उप्रान्त दशमी । नक्षत्र– रेवती, ८ ः ३८ बज ेउप्रान्त अश्विनी पञ्चकको समयमा रेवती नक्षत्र चलिरहेको छ भने घरको छानो छाउन हुँदैन । योग– शिव, २२ ः ५९ बज ेउप्रान्त सिद्ध । करण– वालव, १० ः १८ बजेदेखि कौलव, २३ ः १३ बजे उप्रान्त तैतिल । आनन्दादिमा धाता योग । चन्द्रराशि– मीन, ८ ः ३८ बजे उप्रान्त मेष । काठमाडौंमा सूर्योदय– ६ ः ५७ बजे, सूर्यास्त– १७ ः २० बजे र दिनमान २५ घडी ८ पला । पञ्चक ८ ः ३८ बजे समाप्ति ।

मेष– भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ ।
वृष– प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । यात्रामा विशेष लाभ होला । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सकिनेछ ।
मिथुन– टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । कामको तारिफ हुनाले उत्साह बढ्नेछ ।
कर्कट– केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । सोचेको काम पनि नबन्न सक्छ ।
सिंह– आयआर्जनका स्रोत बढ्नेछन्, व्यापारमा पनि बढी नै फाइदा हुने समय छ ।
कन्या– लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ ।
तुला– भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् ।
वृश्चिक– आर्जित धन खर्च हुन सक्छ । तर आफ्नै प्रयासले लाभ मिल्न सक्छ । प्रतिस्पर्धीलाई हराउन सकिनेछ ।
धनु– आम्दानी बढढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ ।
मकर– आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला ।
कुम्भ– कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ । समस्या थपिन सक्छन् । सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ ।
मीन– चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि बनाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट विशेष लाभ उठाउने अवसर प्राप्त हुनेछ ।

प्रकाशित मिति : १९ पुस २०७६, शनिबार  ७ : ०९ बजे