१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सिटिसी मलमा ओपोको दोश्रो सर्भिस सेन्टर


१९ पुस २०७६, शनिबार  

0
Shares


१९ पुस २०७६, काठमाडौं । विक्रिपछिको सेवामा आफ्ना उपभोक्तालाई अझ सेवा दिन ओपोले काठमाडौंमा दोस्रो कस्टमर केयर सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । सीटीसी मलस्थित यो सेवा केन्द्र कम्पनीको काठमाडौंमा सञ्चालनमा ल्याइएको दोस्रो हो । नेपालमा विक्रि गरिएका ओपो फोन्सका लागि उत्कृष्ट विक्रि पछिको सेवा उपलब्ध गराउनु नयाँ सेवा केन्द्रको उद्देश्य रहेको प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

काठमाडौंको सुन्धारा स्थित सीटीसी मलको पाँचौँ तल्लामा यूनिट्स ६०६ र ६०६ ( एमा अवस्थित नयाँ सेवा केन्द्रले आईतबारदेखि शुक्रबार विहानको १० बजेदेखि बेलुकी ६ बजेसम्म उपभोक्तालाई मर्मत लगायत विक्रि पछिको सेवा उपलब्ध गराउने छ ।

कस्टमर केयर सर्भिस सेन्टरको समुद्घाटन ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओ र टेलीसेल प्रालिका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार अग्रवालले संयुक्त रुपमा गर्नुभएको थियो । उद्घाटन समारोहमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबीले भन्नुभयो, ‘उपभोक्ताहरु हाम्रा उत्पादनमार्फत पूर्ण रुपमा सन्तुष्ट होउन् भन्ने हाम्रो चाहना हो । हामी उत्पादनको विक्रि संख्यामा मात्र केन्द्रित नभइ तिनको विक्रि पछिको सेवामा समेत उत्तिकै ध्यान दिने गर्छौँ । ’ काठमाडौंमा सञ्चालनमा ल्याइएको नयाँ सेवा केन्द्र मार्फत आफ्ना उपभोक्ताको सन्तुष्टि र अनुभवमा थप उत्कृष्टता ल्याउन सक्षम हुने उहाँले विश्वास व्यक्त गर्नु भएको थियो ।

प्रकाशित मिति : १९ पुस २०७६, शनिबार  ९ : २५ बजे