७ पुस २०८१, आइतबार | Sun Dec 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


जीडी गोयन्का विश्वविद्यालयको क्षेत्रीय कार्यालय काठमाडौंमा


२१ पुस २०७६, सोमबार  

0
Shares

२० पुस ०७६, काठमाडौं । भारतको प्रसिद्ध विश्व विद्यालय जीडी गोयन्का विश्वविद्यालयले नेपालमा क्षेत्रीय कार्यालय स्थापना गरेको छ ।

अल्टिमेट कन्सलटेन्सी एन्ड एड्भाइजरी नेटवर्क (यूक्यान)सँगको संयुक्त लगानीमा क्षेत्रीय कार्यालय स्थापना गरेको युक्यानका सञ्चालक निरन्जन पन्तले जानकारी दिए ।

आइतबार पुतली सडकपस्थित यूक्यानको कार्यालयमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान)काअध्यक्ष विष्णुहरि पाण्डे र विश्व विद्यालयका प्रबन्ध निर्देशक निपुन गोयन्काले संयुक्त रुपमा उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै गोयन्काले उच्च शिक्षाका लागि विश्व विद्यालयमा नेपाली विद्यार्थीहरुलाई स्वागत गर्न आतुर रहेको भन्दै गुणस्तरीय शिक्षाका लागि विश्व विद्यालयमा आउन आग्रह गरे ।

अन्तराष्टियस्तरको शिक्षा लिन चाहने विद्यार्थीलाई सेवा दिने लक्ष्यसहित युक्यानले गोयन्का विश्वविद्यालयसँग सहकार्य गरेको पन्तले जानकारी दिए । भारतमा गइ विश्वविद्यालयको शिक्षा लिन चाहने विद्यार्थीका लागि जीडी गोयन्का विश्वविद्यालय सुहाउँदो शुल्कमा गुणस्तरीय शिक्षाका लागि उपयुक्त भएको पन्तको भनाइ छ ।

 

कार्यक्रममा बोल्दै इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले पनि जिडी गोयन्का विश्वविद्यालय निकै राम्रो भएको भन्दै नेपाली विद्यार्थीलाई ढुक्क भइ विश्वविद्यालयमा अध्ययन गर्न आग्रह गरे । उनले आफूले पनि विश्वविद्यालयमा पुगी प्रत्यक्ष अवलोकन गरेको भन्दै त्यहाँको शिक्षण पद्धति र होस्टेलको सुविधाबाट निकै प्रभावित भएको बताए ।

उच्च शिक्षाका लागि भारत नेपाली विद्यार्थीहरुका लागि लामो समयदेखि गन्तव्य रहेको र भाषा तथा सस्कृतिले नेपाली विद्यार्थीका लागि सहज गन्तव्य भएकाले प्रत्येक वर्ष हजारौंको संख्यामा भारत जाने गरेका छन् । भारत जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिन र उनीहरुलाई जेन्युन करिअर काउन्सिलिड क्षेत्रीय कार्यालयबाट हुनेछ ।

भारतको राजधानी नयाँदिल्ली एनसीआरमा अवस्थित विश्वविद्यालयसँग भारत भरीमा ११ वटा स्कुल सञ्चालनमा छन् भने विश्व विद्यालयमा २६० वटा शैक्षिक कार्याक्रम सञ्चालनमा छन् ।

सन् २०१२ देखि शैक्षिक परामर्श व्यवसायमा सक्रियपन्त स्टडी इनयूकेका लागिपायोनियर मानिन्छन् ।

पन्तले जिडी गोयन्काविश्वविद्यालयआफैमा ब्राण्ड भएको भन्दै यूक्यानबाट काउन्सिलिड लिएर भारत अध्ययन गर्न जाने विद्यार्थीले छात्रवृत्तिको समेतपाउने जानकारी दिए ।

विश्वविद्यालयका इन्टरनेशल एडमिसन एन्ड मार्केटिड निर्देशक डा अजितकुमार नेडुंगाडीले विश्वविद्यालयको शिक्षा पद्धति अत्याधुनिकहुनुका साथै विश्वविद्यालयमाविद्यार्थीका लागिअतिरिक्त क्रियाकलापमा समेत उत्तिकै ध्यानदिएको बताए ।

विश्वविद्यालयमाहोस्टेलको सुविधापनि रहेको र होस्टेल भारतमा सबैभन्दा राम्रो र सुविधा सम्पन्नभएको समेत उनले बताए ।

विश्वविद्यालयमाआर्किटेक्चर एन्ड प्लानिड, कम्युनिकेशन, एजुकेशन, इन्जिनियरिड, फेसन एन्ड डिजाइन, हस्पिटालिटी, ह्युमनिटिजन एन्ड सोसल साइन्स, कानून, म्यानेजमेन्ट एन्ड मेडिकललगायतका कोर्स अध्यापनहुँदै आएको छ ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  २ : १४ बजे