७ फाल्गुन २०८१, बुधबार | Wed Feb 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बागमती उपाध्यक्ष कप ब्याडमिन्टन प्रतियोगिता गिम्दीमा सुरु


२१ पुस २०७६, सोमबार  

0
Shares

कार्यक्रममा बोल्दै गाउपालिकाका अध्यक्ष विरबहादुर लोप्चन ।

२१ पुस ०७६, ललितपुर । बागमती गाउँपालिका उपाध्यक्ष कप मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता कार्यक्रम गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले सोमबार ललितपुरको गिम्दीमा उद्घाटन गरेका छन् ।
स्थथानीय बाघभैरब युवा क्लवको आयोजना र बागमती गाउँपालिकाको आर्थिक सहयोगमा भएको कार्यक्रममा महांकाल गाउँपालिका र बागमती गाउँपालिकाका २२ टिमक सहभागी छन्। प्रतियोगितामा प्रथमलाई नगद रु.२० हजार, दोस्रोलाई नगद रु.१० हजार र तेस्रोलाई नगद रु. ५ हजार, ट्रफि मेडल र सान्तवनालाई नगद २हजार पाँच सय, ट्रफि मेडल र प्रमाण पत्र प्रदान गरिने गाँउपालिकाले जानकारी दिएको छ । साथै उत्कृष्ट एक खेलाडीलाई नगद २ हजार नगद सहित ट्रफि मेडल प्रमाण पत्र दिईने आयोजकले बताएको छ ।
कार्यक्रममा बोल्दै गाऊपालिका उपाध्यक्ष रन्जना तिमल्सिनाल खेलकुदका अन्य कार्यक्रमहरु गाँउपालिकामा निरन्तर आयोजना हुने जानकारी दिइन् ।
गाउँपालिका अध्यक्ष विर बहादुर लोप्चानले अध्यक्ष कप फुटबल सहित विभिन्न प्रतियोगिताका लागि आगामी बर्ष पर्याप्त बजेट बिनियोजन हुने जाकारी दिए । कार्यक्रममा गाउपालिका ३ का वडाध्यक्ष बिष्णु प्रसाद तिमल्सिनाका साथै वडाध्यक्षहरु नारायण बाहादुर घले, नबराज संन्जेल सहभागी थिए ।

आयोजकका अनुसार प्रतियोगितामा २२ टिमको सहभागिता छ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ८ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।