७ फाल्गुन २०८१, बुधबार | Wed Feb 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


काभ्रेका खानी–क्रसर बन्द गर्न निर्देशन


२२ पुस २०७६, मंगलबार  

0
Shares

क्रसर बन्द गर्न निर्देशन
विक्रम संवत २०५२ सालदेखि अवैधानिक रुपमा सञ्चालन हुँदै आएको काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ खडपुस्थित धनेश्वरी क्रसर उद्योग अनुगमन गर्दै जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी, प्रमुख जिल्ला अधिकारी ७नत सवणकुमार तिमल्सिना लगायतका टोली । पुण्यमाता खोला र पनौती सडकसँग जोडिएको क्रसर उद्योग तीन दिनभित्र बन्द गर्न निर्देशन दिइएको छ ।

२२ पुस ०७६, पनौती । पनौती नगरपालिका–५ खड्पुस्थित धनेश्वरी क्रसर उद्योग बन्द गर्न तीन दिनको समयसीमा दिइएको छ । सो उद्योग विसं २०५२ देखि अवैधानिक (मापदण्डविपरीत) रूपमा सञ्चालन हुँदै आएको जनाइएको छ ।

जिल्लास्तरीय अनुगमन समितिले अनुगमनका क्रममा पुण्यमाता खोला र पनौती सडकसँग जोडिएको उक्त क्रसर उद्योग तीन दिनभित्र बन्द गर्न निर्देशन दिएको हो । उद्योगमा मौज्दात सामग्री बिक्री गर्न तथा तत्काल हटाई उद्योग बन्द गर्न उद्योग सञ्चालक शेषनारायण सुवाललाई निर्देशन दिइएको जिल्ला समन्वय समिति प्रमुख उद्धव केसीले जानकारी दिनुभयोे ।

“अघिल्लो वर्षको अनुगमनपछि चैतमै हटाउन भनिएको थियो, उक्त उद्योगले अटेर गरेका कारण तीन दिनभित्र बन्द गर्न निर्देशन दिएका छौँ”, उहाँले भन्नुभयो ।

नमोबुद्ध नगरपालिका–४ स्थित पशुपति रोडा–ढुङ्गा उद्योगले नजिकै रहेको निजी जग्गामा दर्ता नगरी विसं २०६१ देखि सञ्चलित खानी, ओम सत्यसाई स्टोन क्रसर उद्योग प्रालिले विसं २०६५ देखि रोशी गाउँपालिका–७ मा बिनादर्ता सञ्चालन खानी, नमोबुद्ध नपा–६ मा रहेको ब्लुसाइमन रोडा–ढुङ्गा उद्योग प्रालिले विसं २०६६ देखि र बेथानचोक गाउँपालिका–४ मा एसएस रोडा–ढुङ्गा उद्योगले दर्ता नगरी सञ्चालन गर्दै आएको पाइएको अनुगमन समितिले जनाएको छ । समितिले ती उद्योगलाई तीन दिनभित्र जिल्ला समन्वय समितिमा कागजात ल्याउन निर्देशन समेत दिएको छ ।

न्यूनतम मापदण्डसमेत पूरा नगरेका क्रसर तथा खानी बन्द गरिने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताउनुभयो । उहाँले भन्नुभयो, “अनुगमनपछि छानबिन गरी न्यूनतम मापदण्ड नपुगेका क्रसर उद्योग तथा खानी बन्द गर्न निर्देशन दिनेछौँ ।” प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविकुमार पौडेल अनुगमनका क्रममा बिनादर्ता सञ्चालित अवैध खानी बन्द गर्न आफ्ना मातहतका निकायलाई निर्देशन दिएको बताउनुभयो ।

अनुगमनका क्रममा सम्झौता विपरित बालुवा उत्खनन गरिएको, अधिकांश क्रसर नदीसँगै, नदी र राजमार्गको बीचमा, विद्यालय र जङ्गल नजिक सञ्चालित भएको, अन्य केहीद्वारा धुनेको स्वीकृत लिएर क्रसर चलाइएको, केही क्रसर उद्योगले सार्वजनिक जमीन मिचेको तथा क्रसर उद्योगले ‘डष्ट’लाई खोला, नदीमा हाल्ने गरेकोसमेत पाइएको छ । “सार्वजनिक जग्गा मिचेकाको तत्काल पुनःअनुगमन तथा छानबिन हुन्छ”, जिसस प्रमुख केसीले भन्नुभयो । उहाँका अनुसार ठकेदार कम्पनीले उत्खनन क्षेत्रमा उत्खननको समय, परिमाण तथा सम्पर्क व्यक्तिको विवरणसहितको होर्डिङबोर्ड राख्नुपर्ने नीति बनाइए पनि अधिकांशले राखेका छैनन् ।

गत वर्षको अनुगमनले काभ्रेपलाञ्चोकमा रहेका सबै क्रसर मन्त्रिपरिषद्को निर्णय एवं प्रदेश सरकारबाट जारी नदीजन्य पदार्थ (सङ्कलन र उपयोग) सम्बन्धमा व्यवस्था गर्न बनेको कार्य्विधिको दफा–३ बमोजिम कायम मापदण्डअनुसार नचलेको प्रतिवेदन सार्वजनिक गरेको थियो । काभ्रेपलाञ्चोकमा २३ ढुङ्गा, गिट्टी, बालुवा प्रशोधन तथा उत्पादन उद्योग सञ्चालन हुँदै आएका छन् ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  ७ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।