१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


फास्टट्रयाकको विरोधमा खोकनाबासीको मुखमा कालोमोसो


२२ पुस २०७६, मंगलबार  

0
Shares

आफ्नै अनुहारमा कालोमोसो दलेर सरकारी योजनाको विरोध गर्दै खोकनाबासी ।

२२ पुस ०७६,खोकना । विरोधका लागि अरुको मुखमा कालोमोसो दलिएको त सुनिएकै हो । तर ललितपुरको खोकनाका स्थानीयबासीले भने आफ्नै अनुहारमा कालोमोसो दलेर विरोध प्रर्दशन गरेका छन् ।
ललितपुरको खोकनमा स्थानीयले तराई मधेस फास्ट ट्रयाकको विरोध गरेका हुन् । सन् १९९८ देखि विश्व सम्पदा सूचिमा सूचिकृतका लागि प्रयासरत खोकनाको संस्कृति र परम्परा जोगाउनुको सट्टा राज्य संस्कृती मास्न लागेको भन्दै स्थानीय विरोधमा उत्रेका थिए ।
मंगलवार उनीहरुले खोकना भएर वाराको निजगढ पुग्ने फास्ट ट्रयाक, बाहिरी चक्रपथ, स्मार्ट सिटी र सुरुङ्ग मार्गलगायत योजनाको विरोध गरेका हुन ।
खोकनाको अभियन्ता राजाराम तन्डुकारले ठुला आयोजनाले खोकनाको जमिनसँगै संस्कृतिमाथि हमला गरेकोले विरोधमा उत्रनु परेकोे बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामी हाम्रो संस्कृती र परम्परा जोगाउनका लागि यो सव गरिरहेका छौं ।’
सरकार र सरोकारवालाहरु पटक पटक स्थानीयहरुको समस्या सुनाएपनि नसुनेपछि विरोधको यो स्वरुप अपनाउनु परेको नेपाल साँस्कृतिक पुनर्जागरण अभियानका सदस्य मिलन डंगोलले जानकारी दिनुभयो ।


नेपाल सांस्कृतिक पुनरजागरण अभियानका सदस्य एवं अभियानन्ता असोज महर्जन भन्नु हुन्छ,‘सरकारले सबै राष्ट्रिय परियोजनाहरु खोकनामा ल्याएर यहाँको इतिहास मेटाउने काम गरेको छ । कुदेशमाथि फास्ट ट्रयाक बनाएर नेपाल सरकारले यहाँको सभ्यता नै समाप्त पार्ने कोसिस गरिरहेको छ ।’
सो अभियानले जारी गरेको अपिलमा ‘ हजारौं बर्ष देखि आफ्नै छुट्टै सामाजिक र प्रशासनिक संरचना (गूठी) सहीत ब्यबस्थित ढंगले रहदै आएको उल्येख छ ।अपिलमा चनिउको छ — अख्तियारीको चरम दुरुपयोग यो राज्य र त्यसको हतियारधारी ठेकेदार संस्था जंङ्गी अड्डाले गरेको र कुदेश, सिखाली क्षेत्रजस्ता पुरातात्त्विक महत्वका क्षेत्र खोकनाको सांस्कृतिक परम्परा, सम्पदा धरोहर र सामाजिक जीवनशैलीका कारण सन् १९९८ मा को विश्व सम्पदा क्षेत्रको लागि सुचिकृत हुन प्रकृया अघि बढेको खोकनालाई, यसको संरक्षण प्रबर्द्धन गर्नुपर्ने राज्य प्रशासनले नै बिकासको नाममा, यहाँका अलौकिक, पुरातात्त्विक सम्पदा क्षेत्र कुदेश, सिखाली लगायत, देप, हिति, महाद्वों, मचा बगस्जस्ता राष्ट्रकै गर्व अनि खोकनाको जीवन मृत्यु संग जोडिएका सांस्कृतिक सामाजिक महत्वका धरोहरहरु निमित्यान्न गर्ने षड्यन्त्र, खोकना र खोकना बासीलाई कदापी सह्य हुने छैन ।
आउँदो शनिबार पनि यस्तै कार्यक्र इन्द्रचोक र कीर्तिपुर लगायतका स्थानमा विरोध प्रदर्शन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  ११ : ४६ बजे