१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


आजको राशिफल (२३ पौष २०७६, बुधवार)


२३ पुस २०७६, बुधबार  

0
Shares


त्रयोदशी ( प्रदोष व्रत)
पञ्चाङ्ग
वि.सं. २०७६ पुस २३ । बुधबार । इ.स. २०२० जनवरी ८ । शकसंवत् १९४१ । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । ने.सं. ११४० पोहेलाथ्व । पौष शुक्लपक्ष । त्रयोदशी, २६ ः ३४ उप्रान्त चतुर्दशी । नक्षत्र– रोहिणी, १४ ः ५९ बजे उप्रान्त मृगशिरा । योग– शुक्ल, २१ ः ०१ बजे उप्रान्त ब्रह्म । करण– कौलव, १४ ः ३६ बजेदेखि तैतिल, २६ ः ३४ बजे उप्रान्त गर । आनन्दादिमा शुभ योग । चन्द्रराशि– वृष, २७ ः १४ बजे उप्रान्त मिथुन । काठमाडौंमा सूर्योदय– ६ ः ५८ बजे, सूर्यास्त– १७ ः २३ बजे र दिनमान २६ घडी ३ पला । सर्वार्थ्सिद्धि योग अहोरात्र । अरनिको स्मृति दिवस ।

राशिफल
मेष– समयलाई पछ्याउन नसक्दा दुःख पाइनेछ । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला ।
वृष– परिस्थिति अलि प्रतिकूल रहनेछ भने सोचेको लाभ नउठ्न सक्छ । तर सामान्य धन भनि प्राप्त होला ।
मिथुन– फुर्सद मिल्नुका साथै यात्रा गर्ने अवसर जुट्न सक्छ परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि देखिन्छ ।
कर्कट– सवारीमा सावधानी अपनाउनुहोला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ ।
सिंह– पढाइलेखाइमा समय दिन नसकिएला सहयोगीहरूको भरपर्दा काममा बाधा पुग्न सक्छ, सजग रहनुहोला ।
कन्या– प्रेम र मित्रताको बन्धन कसिनुका साथै रमाइलो भेटघाट हुनेछ। विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् ।
तुला– अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला, पछि काम बिग्रनाले मन खिन्न हुनेछ।
वृश्चिक– अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। पेटको खराबीले स्वास्थ्य कमजोर रहला।
धनु– लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने बानीले दुःख पाइनेछ, जागिरमा पनि सावधान रहनु होला ।
मकर– अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ ।
कुम्भ– मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ ।
मीन– अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ८ : ०७ बजे