७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा अघोषित लोडसेडिङ्ग


२३ पुस २०७६, बुधबार  

0
Shares


लपु संवाददाता
२३ पुस ०७६, ललितपुर । केही दिनदेखि ललितपुरमा निरन्तर झ्याप्प झ्याप्प बत्ती जादा स्थानीयबासी हैरान छन् । हरेकजसो साँझपख बत्ती जादा जनजीवन कष्टकर छ । ललितपुरका स्थानीयबासीले अघोषित लोडसेडिङ्ग हुन थालेको भन्दै विरोध गर्दै आएका छन् ।
ललितपुरमा पानी पर्नासाथ बत्ती गइहाल्ने अर्को समस्या छ । निरन्तर बत्ती जाने समस्या बारे विद्युत् प्राधिकरणले भने चिसो मौसमका कारण अध्याधिक माग धान्न पुरानो संरचना बाधक भएको बताएको छ ।

मंगलबार ट्रान्सफरमर जडान गर्दै प्राविधिक । तस्विर ः ललितपुर खबर

केही दिनदेखि ललितपुरका विभिन्न ठाँउमा ट्रान्समिटर जडानका लागि बत्ती निभाउनु पर्ने बाध्यता रहेको विद्युत् प्राधिकरण चापागाँउकाले जानकारी दिनुभयो ।
गतसोमबार ललितपुरको धापाखेलमा ट्रान्समिटर जडान गर्दा दिनभर बत्ती निभाउनु परेको थियो भने मंगलबार साँझ प्याङ्गगाँउमा ट्रान्समिटर जडान गर्दा बत्ती निभेको विद्युत प्राधिकरण चापागाँउका विद्युत प्राधिकरण चापागाँउका प्रााविधिक नवराज ढुंगानाले जानकारी दिनु भयो ।
ललितपुरको चापागाँउ क्षेत्रमा बत्ती जाँदा ललितपुरको ठूलादुर्लुङ्गसम्मकै विद्युत् अवरुद्ध हुन्छ । छम्पीको लाइन भने देविचौर घुसेल हुदै माल्टासम्म पुगेको हुँदा त्यस क्षेत्रमा बत्ती जाँदा त्यस भेगमा असर पर्ने गरेको छ । लूभू लामाटारतिर अर्को फिडर रहेको कारण
पछिल्लो समय ललितपुरमा भोल्टेज नभएको कारण बत्तीमा समस्या आइरहेको विद्युत् प्राधिकरण चापागाँउका सव इन्जिनियर तोराण बहादुर पोखरेल बताउनु हुन्छ । आजकल १६०÷१६५ मात्रै भोल्टेज रहेको उहाँको भनाइ छ । साधारणतया २२० भोल्ट जरुरी हुन्छ ।
पोखरेल भोल्टेज मात्र कारण नभएको बताउनु हुन्छ ।


निरन्तर विजुली काटिनुको दोश्रो कारण, ट्रान्समिटरदेखि टाढा हुँदा भोल्टेजमा कमी भएर हो । तेश्रो कारण, पानी परेको बेला इन्सिलेटरहरु फल्ट भएर पड्कदाा विजुली गइरहेको छ । चौथो कारण, पछिल्ला दिनमा ट्रान्समिटर विग्रदा बत्ती गइरहेको हो ।
बत्ती जाने समस्या समाधान गर्न ट्रान्समिटर थप्दै जाने योजना रहेको पोखरेलले बताउनु भयो ।
दक्षिण ललितपुरसम्म नया लाइन लैजान सडकको दुवै किनारा हुँदै लाइन विस्तार गर्ने प्राधिकरणको योजना भए पनि बाटोको बन्नु पाँच कारण रहेको पोखरेलको धारणा छ ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  १० : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।