१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको नख्खु कारागारमा पनि पुस्तकालय


२४ पुस २०७६, बिहिबार  

0
Shares


२४ पुस ०७६, ललितपुर । ललितपुरस्थित नख्खु कारागारमा लागुऔषध सुधार केन्द्र, सामुदायिक सुधार केन्द्र र नयाँ ब्लकमा छुट्टाछुट्टै पुस्तकालय स्थापना गरिएको छ । कैदीलाई अध्ययन गर्न सजिलो बनाउन तिनै ठाउँमा स्थापना गरिएको पुस्तकालयको कारागार प्रमुख सुरेन्द्र पौडेलले आज उद्घाटन गर्नुभयो । ती पुस्तकालयमा राजनीतिक, सममामयिक, सामाजिक गरी तीन हजारका दरले करीब ९ हजार पुस्तक रहेको कारागारका सूचना अधिकारी नरेन्द्र परियारले जानकारी दिनुभयो ।

कैदीबन्दीमा सकारात्मक सोचको विकास होस् भन्ने अभिप्रायले पुस्तकालय स्थापना गरिएको कारागार प्रमुख पौडेलले बताउनुभयो । पुस्तकालयमा एकै पटकमा ५० जना बसेर पत्रपत्रिका तथा पुस्तक अध्ययन गर्न सकिने गरी व्यवस्थापन गरिएको छ ।

यसैगरी कारागारका तीन वटै ब्लकमा आयआर्जन तथा सीप विकासको लागि गलँैचा उद्योग स्थापना गरिएको छ । उद्योगमा कैदीले गलैँचा तयार पारेबापत पारिश्रमिक पाउने गर्दछन् । यसअघि कैदीले ज्याकेट, टोपी, गलबन्दी, मुडा बनाएर आयआर्जन गरिरहेका थिए । नख्खु कारागारमा हाल ३७ प्रकारका विभिन्न अपराधमा स्वदेशी विदेशीगरी एक हजार ५५० कैदीबन्दी छन् ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहिबार  ७ : २७ बजे