१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरको इकुडोलमा आगलागी


२४ पुस २०७६, बिहिबार  

0
Shares

आगलागी नियन्त्रणमा लिने प्रयास गर्दै स्थानीयबासी ।

लपु संवाददाता
२४ पुस ०७६, इकुडोल । वागमती गाउपालिका ५ इकुडोलमा आगलागी भएको छ । गाउपालिका वडाध्यक्ष साजन दर्लामीका अनुसार राम प्रसाद बजगाईं घरमा विद्युत् सर्ट भएर आगलागी शुरु भएको हो ।


भट्टेडाँडा प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरिक्षक मोहन कुमार भँडेलका अनुसार अनुमानित ३१ लाख ९ हजार क्षति भएको प्रारम्भिक विवरण आएको जानकारी दिनुभयो । उहाँको अनुसार नगद नै ९ लाख पचास हजार जलेको छ ।


प्रहरी सहायक निरिक्षक भँडेलले भन्नुभयो, ‘स्थानीय ३ वटा पानीको पाइपको सहारामा १ घण्टामा आगो नियन्त्रणमा लिइएको थियो ।’
वडाध्यक्ष दर्लामीकाअनुसार बजगाईको कुखुरा फार्मका १ हजार कुखुरा मरेका छन् । सुन र नगद समेत जलेको छ ।


दक्षिण ललितपुरको दुर्गम गाँउ इकुडोलमा करिव ५० किलोमिटर टाढा  दमकल जान असम्भव रहेको कारण आगो नियन्त्रणमा लिन कठीन भए पनि खानीखोलाको पानी र पाइपलाइनको सहयोगमा आललागी नियन्त्रणमा लिइएको दर्लामीको भनाई थियो ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहिबार  ७ : ५७ बजे