१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मेलम्ची खानेपानी प्रशोधन केन्द्र निर्माण पुरा


२५ पुस २०७६, शुक्रबार  

0
Shares


२५ पुस ०७६, सुन्दरीजल । मेलम्चीको पानी प्रशोधन गरेपछि पाइपमार्फत घर–घरमा वितरण गर्न सुन्दरीजलमा निर्माण भएको खानेपानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न भएको छ ।
मेलम्ची खानेपानी आयोजनाअन्तर्गत दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्नेगरी केन्द्रको गरिएको हो । मेलम्ची खानेपानी विकास समितिले केन्द्रको निर्माण सम्पन्न भएकाले अब परीक्षण गरिने जनाएको छ ।
यहाँ रहेका दुवै प्रशोधन केन्द्रको क्षमता साढे आठ करोड लिटर छ । तीमध्ये एउटाको निर्माण जापानी अन्तरराष्ट्रिय सहयोग नियोग(जाइका) र अर्काे एशियाली विकास बैंक(एडिबी) को आर्थिक सहयोगमा निर्माण भएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । उहाँका अनुसार जाइकाको सहयोगमा निर्माण भएको ट्याङ्की केही समय पहिले नै सम्पन्न भएको थियो भने एडिबीको सहयोगमा निर्माण भएको केन्द्र गत महिना मात्रै सम्पन्न भएको छ । मेलम्ची खानेपानी आयोजनाको निर्माणस्थलमा काम भइरहँदा पनि आयोजनाले भने पाइपसँगै प्रशोधन केन्द्रको परीक्षण गरिरहेको छ । उहाँले भन्नुभयो, “वाग्मतीकै पानीबाट नै परीक्षण गरिनेछ ।”

आयोजनाले सुरुङ निर्माण, ‘हेडवर्क’ मा एकएक र प्रशोधन केन्द्र निर्माणमा दुई गरेर चार ठेक्कामार्फत काम अघि बढाएको थियो । सुरुङ निर्माण र हेडवर्क निर्माणको काम अहिले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले गरिरहेको छ । आगामी असारसम्ममा सबै काम सकिएर काठमाडौँ उपत्यकावासीले मेलम्चीको पानी खाने खानेपानी तथा सरसफाइ मन्त्रालयले बताउँदै आएको छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले पनि केही समय पहिले समयमै काम सम्पन्न गर्न मन्त्रालयलाई निर्देशन दिएको थियो ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  ११ : १० बजे