२६ पुस ०७६, ललितपुर । नेकपा महाँकाल पालिका अध्यक्ष अमृतनाथ तिमल्सिनालगायतको कार्यसमितीले पद तथा गोपिनियताको सपथ खाएको छ । शुक्रबार ललितपुरको गोटिखेलमा आयोजित सपथ ग्रहण समारोहमा पालिका ७० सदस्यीय कार्यसमितीलाई पार्टी जिल्ला इन्चार्ज हरि दहालले सपथ खावाएका थिए । ७५ जनाको गाँउपालिका कार्यसमिती निर्माण गरिने भएपनि ५ जनालाई थप्न बाँकी रहेको बताइएको छ ।
पार्टीले अध्यक्षमा अमृत तिमल्सिना र सचिवमा माधव दुलाल रहने गरी एकता प्रकृयामा सहमती गरेपछि यो सपथ ग्रहण कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा जिल्लास्तरका नेकपाका नेताहरु अध्यक्ष हरिकृष्ण व्यञ्जनकार, नेताहरु मधुसुधन पौडेल, सुशीला नेपाल, सांसदहरु लालकुमारी पुन,नवराज सिलवाललगायतको सहभागिता रहेको थियो । अध्यक्ष अमृतनाथ तिमल्सिनाले जनाकारी दिएका छन् ।
२६ पुस २०७६, शनिबार
0
Shares
प्रतिक्रिया