
चितवनको नवलपुरस्थित नवजागरण बहुमुखी क्याम्पस चोरमाराले आयोजना गरेको धनधान्यञ्चल उदघाटन कार्यक्रममा सहभागी हुन शनिबार भरतपुर विमानस्थल आइपुग्नु भएका पूर्वराष्ट्रपति डा रामवरण यादवलाई स्वागत गर्दै महायज्ञका आयोजक ।
२६ पुस ०७६, चितवन । पूर्वराष्ट्रपति डा रामवरण यादवले मिडिया स्वतन्त्र भएको देशमा लोकतन्त्र बलियो हुने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उहाँले भन्नुभयो, “जुन देशमा लोकतन्त्र बलियो हुन्छ, त्यहाँ मिडिया स्वतन्त्र हुन्छ ।”
विधिको शासन, सुशासन, पारदर्शी शासन र आर्थिक अनुशासन भएमा मात्र लोकतन्त्रको जग बलियो बनेर जाने उहाँको भनाइ थियो । देशवासीको सहअस्तित्व, समुदायमा एकता, समुदायको भावनालाई जोडेर हिँड्नुपर्ने दायित्व सरकार र सङ्घीयसभामा रहेको उहाँले बताउनुभयो ।
तीन तहका सरकारबीचको समन्वयले मात्रै विकास सम्भव रहेको बताउँदै उहाँले राष्ट्रको समस्या सङ्घीयसभाबाट समाधान गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया