१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पाटनमा तेस्रो सम्पदा यात्रा


२७ पुस २०७६, आइतबार  

0
Shares

सम्पदा यात्रामा सहभागीहरु ।

२७ पुस ०७६, ललितपुर । भ्रमण वर्ष सफल बनाउन शुरु गरिएको सम्पदा यात्रासहितको जागरणमूलक सफाइ अभियानको तेस्रो साता पाटन क्षेत्रमा गरिएको छ । पाटन ढोकाबाट कृष्ण मन्दिरसम्म गरिएको यात्रामा ६०० मानिसको सहभागिता रहेको अभियानकर्मी माला खरेलले बताउनुभयो । सांस्कृतिक झाँकी एवं बाजागाजासहित आयोजित कार्यक्रममा स्थानीयवासीको सक्रियता पनि उल्लेख्य थियो । तीनवटै सुरक्षा निकाय पनि यात्रामा सहभागी भएका थिए । उपत्यकाका सबै सफाइ अभियानकर्मी पदयात्रामा सहभागी भएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाली काँग्रेसका नेता गगनकुमार थापाले भ्रमण वर्षमा हामीसँग भएका सम्पदा देखाउन लायक बनाउने उद्देश्यले शुरु गरिएको अभियानलाई जारी राख्न सुझाव दिनुभयो । देशभरका सम्पदास्थलमा कार्यक्रम आयोजना गर्न पनि उहाँले आग्रह गर्नुभएको थियो । कार्यक्रममा जीवन विज्ञानका साधक साधिकाको पनि उल्लेख्य सहभागिता थियो । नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा पुस १२ गते शनिबारदेखि यात्रा शुरु भएको हो ।
माघ ४ गते शनिबार भने वाग्मती सफाइ महाअभियानको ३५०औँ हप्ताको कार्यक्रमको तयारी गर्नुपर्ने भएकाले कार्यक्रम नगरिने अभियानकर्मी खरेलले जानकारी दिनुभयो । वाग्मतीको ३५०औँ हप्ताको कार्यक्रम सकिएपछि पुनः सम्पदा यात्रालाई देशव्यापी रुपमा अघि बढाउने अभियानकर्मीको योजना छ । नेपालीको श्रद्धाले नेपालका सम्पदा सफा गर्ने, सुनभन्दा मूल्यवान् सम्पदा बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  १२ : ०० बजे