१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कर्मचारी र कार्यकर्ताको पत्रकार परिचय पत्र नवीकरण नहुने


२८ पुस २०७६, सोमबार  

0
Shares


२८ पुस ०७६, वागलुङ्ग । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले सदस्यता शुद्धीकरण अभियान शुरु गरेको छ । सदस्यता नवीकरणसम्बन्धी कार्य्विधि–२०७६ अनुसार निर्वा्चित जनप्रतिनिधि, निजामती कर्मचारी र राजनीतिक दलका प्रदेश र जिल्ला तहका पदाधिकारीसहित ११ जनाको सदस्यता नवीकरण नगर्ने निर्णय गरिएको शाखाले जनाएको छ ।
शाखाको आइतबार बसेको बैठकले विदेशमा रहेका सदस्यको समेत जिल्लामा सदस्यता नवीकरण नगर्ने निर्णय गरेको शाखा अध्यक्ष दिल शिरीषले जानकारी दिनुभयो । “विदेशमा रहेका सदस्यको हकमा सम्बन्धित देशमै रहेका महासङ्घका शाखामा सदस्यता स्थानान्तरण गर्ने निर्णय भएको छ”, उहाँले भन्नुभयो ।
शाखामा आबद्ध २६ सदस्य हाल विदेशमा छन् । महासङ्घलाई श्रमजीवी पत्रकारको साझा, व्यावसायिक र मर्या्दित संस्थाको रुपमा स्थापित गर्न सङ्गठन शुद्धीकरण अभियान शुरुआत गरिएको शाखाले जनाएको छ ।
महासङ्घले सदस्यता लिएर पनि पछिल्लो समय पत्रकारितामा निष्कृय रहेका सदस्यलाई स्वेच्छिक रुपमा सदस्यता त्याग गर्न आह्वान गरेको छ । आफ्नो कालखण्डमा पत्रकारिता र पत्रकार महासङ्घमा महत्वपूर्ण योगदान पु¥याएका व्यक्तिलाई महासङ्घले मानार्थ सदस्यता दिने व्यवस्था गरेको छ ।
निष्कृय सदस्यले स्वेच्छिक रुपमा सदस्यता त्यागेमा थप ५० जना जति सदस्य हट्ने सम्भावना रहेको शाखाले जनाएको छ । यसका लागि शाखाले सदस्यता नवीकरणमा समेत कडाइ गर्ने भएको छ । सदस्यता नवीकरणका लागि नियुक्तिपत्र, क्रियाशीलताको प्रमाणपत्रलगायतका कागजात अनिवार्य गरिएको छ । शाखामा हाल १८१ सदस्य आबद्ध छन् ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  १२ : २२ बजे