१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


थाइल्याण्डमा व्यापार विस्तार गर्दै ललितपुर


२९ पुस २०७६, मंगलबार  

0
Shares

 थाई च्यम्बर अफ कर्मसका प्रतिनिधि मण्डलसँग भेटवार्ताका क्रममा ललितपुर चेम्बर ।

२९ पुस ०७६, ललितपुर । ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधि मण्डल व्यापार विस्तारका लागि थाईलाण्ड भ्रमण गरि फर्किएको छ । गएको पौष २० गतेबाट थाइल्याण्ड भ्रमणमा रहेको प्रतिनिधि मण्डल गतशुक्रबार फर्किएको हो ।
दुई देशविचको व्यापारिक सम्बन्ध विस्तारलाई थप उचाईमा पु¥याउनका लागि टोलीले थाईलाण्ड भ्रमण गरेको संघले बताएको छ । .
भ्रमणका क्रममा थाईलाण्डस्थित थार्ई गार्मेण्ट म्यानुफ्याक्चर एशोसियसन, थार्ई जेम्स एण्ड ज्वेलरी ट्रेडर्स एशोसियसन, थार्ई–नेपाल चेम्बर अफ कमर्श, थार्ई चेम्बर अफ कमर्श र नेपाली दुतावाससँग समेत भेटघाट तथा छलफल गरिएको थियो ।
भेटघाट तथा छलफलका क्रममा यहि पौष २३ गते थार्ई गार्मेण्ट म्यानुफ्याक्चर एशोसियसनका अध्यक्ष श्री युत्ताना सिल्पसर्नविचसँग दुई देश विचको गार्मेण्ट व्यवसायसम्बन्धी विद्यमान अवस्था र नेपालका कटन कपडाको सम्भावित प्रबद्र्धनका विषयमा आपसी सहकार्य कसरी गर्न सकिन्छ भन्नेमा केन्द्रित रहेको थियो । सिल्पसर्नविच नेपालको गार्मेण्ट व्यवसायको विकास एवं प्रबद्र्धनका लागि आउंदो चैत्र सालमा ललितपुर उद्योग वाणिज्य संघले आयोजना गर्ने ललित अन्तर्राष्ट्रिय व्यापार मेलाका बारेमा पनि छलफल भएको थियो ।

सम्झौंता पत्रमा हस्ताक्षर गर्दै ।

थाई जेम्स एण्ड ज्वेलरी ट्रेडर्स एशोसियसनका अध्यक्ष श्री सोमचाई फोर्नचिन्दारकसंगको छलफलमा नेपालको जेम्स एण्ड ज्वेलरी व्यवसायको विकास एवं प्रवद्र्धनका लागि आपसी सहकार्यमा नेपालमा भएका खनिज तथा जेम्स पत्थरहरुको प्रशोधन गरि सो सम्बन्धी प्रबद्र्धन एवं व्यापार विस्तार गर्ने बारे गहण छलफल भयो । जेम्स र पत्थरहरुको गुणस्तर मापनको लागि एक जेम्स ल्याव स्थापनासम्बन्धी पनि भयो । निकट भविष्य नेपालमा हुने नेपलिज जेम्स एण्ड ज्वेलरी एक्स्पोका सम्बन्धमा पनि छलफल भएको थियो । थाईलाण्डको लागि नेपाली राजदुत गणेशप्रसाद ढकालसंगको भेटघाट तथा छलफलको क्रममा प्रतिनिधि मण्डलहरुले थाईलाण्डमा वस्तु निर्यातका लागि भएका समस्याहरुका बारेमा जानकारी दिदै समस्या समाधानका निमित्त सम्बन्धीत निकायमा पहलका लागि अनुरोध गरिएको थियो । राजदुत ढकालले नेपालको व्यापार विस्तारका लागि हर सम्भव पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थिया ।संघका अध्यक्ष श्री महर्जनले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न ललितपुर उद्योग वाणिज्य संघ र दुतावासको समन्वयमा आवश्यक कार्यहरु गर्न इच्छुक रहेको जानकारी दिनु भएको थियो ।
थाई–नेपाल चेम्बर अफ कमर्शसंगको छलफलमा थाईलाण्डमा नेपाली वस्तुहरुको बजार विस्तारका लागि सहकार्य गर्नुका साथै ललितपुर उद्योग वाणिज्य संघ र थाई–नेपाल चेम्बर अफ कमर्शसंग सहकार्य र समन्वय गर्नको लागि एक समझदारी पत्रमा समेत हस्ताक्षर गरिएको थियो । .

थाई चेम्बर अफ कमर्शसंगको भेटघाट तथा छलफलमा अध्यक्ष महर्जनले नेपाल–थाईलाण्ड विचको व्यापार विस्तारका लागि सहकार्य गर्न तयार रहनुका साथै नेपालको थाईलाण्डसंगको व्यापार घाटालाई न्युनिकरणका लागि सहयोग गर्न आग्रह गर्नु भएको थियो । ललितपुर उद्योग वाणिज्य संघद्धारा आयोजना गरिने ललित अन्तर्राष्ट्रिय व्यापार मेलामा सहभागीता बारे एवं संघ र थाई चेम्बर विच सहकार्य र समन्वय कार्य गर्न पहल गर्ने बारे समेत छलफल भएको थियो ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  १० : ०१ बजे