१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरी नगरपालिका आडैमा सडक छेकेर घर ढलान


१ माघ २०७६, बुधबार  

0
Shares

घर ढलानका क्रममा सडकमा लगाइएको बार । तस्विर ः ललितपुर खबर

लपु संवाददाता
१ माघ ०७६, बज्रवाराही । ललितपुरको चापागाँउ बज्रवाराहीमा सार्वजनिक सडक छेकेर नीजि घर ढलान गरिएको छ । मंगलबार घर ढलानका लागि दिनभर सडक थुने पनि सँगै जोडिएको गोदावरी नगरपालिका बेखबर थियो ।


स्थानीय रामगोपाल देशारले सडक अवरुद्ध गराएपछि यो सडकबाट चार पाङ्ग्रे गाडी गुड्न पाएनन् । साइकल र मोटरसाइकल भने मेस्किलले पार गरिरहेका थिए ।
घरधनी देशारले सडक थुनिएको सम्बन्धि ललितपुर खबरको प्रश्नको उत्तर दिने क्रममा बैकल्पिक सडक भएको कारण आवत जावतमा समस्या नरहेको प्रतिकृया दिनुभयो । भन्नुभयो,‘घर ढलान गर्न जग्गा छैन । ठाँउ नभएर सामान माइक्रोपार्कमा राखेको छु ।’
ट्राफिक प्रहरी कार्यालय चापागाँउका प्रमुख टेकबहादुर श्रेष्ठले यसबारे कुनै जानकारी नभएको प्रतिकृया दिनुभयो ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ९ : ५५ बजे