१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नुवाकोटमा रुख मुनिको कटेरोमा बन्यो पक्की भबन


१ माघ २०७६, बुधबार  

0
Shares

१ माघ ०७६, नुवाकोट । नुवाकोट विद्यालय स्थापना भएको ४५ बर्षपछि नुवाकोटको शिवपुरी गाँउपालीका ७ सुनखानीस्थित कुम्भेश्वर माध्यमिक विद्यालयको सुबिधा सम्पन्न भवन निर्माण भएको छ ।
जापानी सहयोगी संस्था जाईकाको ३ करोड ४० लाखको लगानीमा विद्यालयको १२ कोठे पक्की भबन निर्माण भएको हो । विद्यालय भबनको उदघाटनपछि विद्यालयका संस्थापक प्रधानाध्यापक यादबराज पाण्डेले विद्यालय स्थापनको क्षणलाई स्मरण गर्दै भबन नजिकैको रखमुनी विद्यार्थीलाई पढाएको त्यो क्षणको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो “रुखमुनि स्याँउलाले छाएको कटेरो कयौंपटक लडे, कयौं पटक छाएर विद्यार्थीहरु पढाईयो आज त्यो नजिकै भव्य भबन बन्यो म निकै खुसी छ’ ।
२०३१ पौष १ गते प्राथमिक विद्यालयको रुपमा स्थापना भएको कुम्भेश्वर, श्याम प्रसाद पाण्डे प्रधानाध्यापक भएपछि निम्न माध्यमीक र राजनप्रसाद थपलिया प्रधानाध्यापक भएपछि २०६६ सालमा माध्यमीक विद्यालय बनेको थियो । २०७२ सालको भुकम्पले विद्यालय भबनमा क्षती पुगेपछि जाईकाले विद्यालय भबन निर्माण गरिदिएको हो ।
विद्यालयका पुर्व प्रधानाध्यापक श्याम प्रसाद पाण्डेले पनि बिगतमा विद्यालय सञ्चालनको क्रममा भोगेको पिडाहु अझै ताजा रहेको स्मरण गर्नुभयो ।
विद्यालय भबनको उदघाटन गदै पुर्व शिक्षामन्त्री एवं नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीले विद्यालय भबनको निर्माणसंगै प्रतिष्पर्धी शिक्षाको बिकासमा लाग्न विद्यालयलाई सुझाब दिनुभयो । .व्यक्तित्व निर्माणमा अनुसाशन सबै भन्दा ठुलो जग रहेको बताँउदै नेता केसीले विद्यार्थीहरुको अनुशासनको निर्माण, चरित्रको निर्माण र सामाजीक विधि व्यवहारको निर्माणमा विद्यालयले ध्यान दिनुपर्ने बताउनुभयो ।
शिक्षक र विद्यार्थीह?को बिचमा आधुनिकिकरण र आधुनिक शिक्षासंगै आधुनिक परम्परा, संस्कार,संस्कृति र हाम्रा मर्यादाहरुलाई स्थापित गर्न चिन्तित भएर लाग्नुपर्ने बताँउदै नेता केसीले सदभाव, स्नेह,सदभाव र एकले अर्काको सम्मान गर्ने शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीले विद्यार्थीको भबिष्य निर्माणमा विद्यालयको भुमिका महत्वपुर्ण रहेको बताँउदै आधुनिक शिक्षणपद्धतीको बिकासमा लाग्नुपर्ने बताउन’भयो ।
कार्यक्रममा शिवपुरी गाँउपालीकाका अध्यक्ष रामकृष्ण थापाले गाँउपालिकाले निजि विद्यालयहरुप्रति समुदायको आर्कषण कम गराउन सामुदायीक विद्यालयहरुमा ग’णस्तरीय शिक्षाको बिकासमा लागि परेको रहेको बताउन’भयो । अध्यक्ष थापाले ग’णस्तरीय र प्रतिष्पर्धी शिक्षामा ध्यान दिन विद्यालयलाई स’झाब दिन’भयो । .

नेपाली काँग्रेसका य’वा नेता रमेश महतले विद्यालयको भौतिक संरचनाको बिकासले शैक्षिक स्तर बृद्धिको निम्ती सहयोग प’ग्ने विश्वास व्यक्त गनर्’भयो । .

गिरिजाप्रसाद कोइराला फाउण्डेसन न’वाकोटका अध्यक्ष रमेश क’मार पाठकले चौतारोबाट स’? भएको विद्यालय हाल आएर तिन तले स’विधा सम्पन्न भबन निर्माण हुनु ख’सीको कुरा रहेको बताँउदै भबनसंगै गुणस्तरीय शिक्षा प्रदान गरेर भबिष्यमा देश चलाउन सक्ने क्षमताबान विद्यार्थीहरु उत्पादन गर्न विद्यालयलाई शुभकामना दिनुभयो । .
बिद्यालयका प्रधानाध्यापक राजन प्रसाद थपलियाले सामुदायिक विद्यालयहरुले एउटा कामको लागि भनेर रकम ल्याएर निजि श्रोतका शिक्षकको तलब खुवाउनुपर्ने बाध्यता रहेको बताँउदै गाँउपालिका र सरकारी निकायबाट प्राप्तहुने त्यस्ता रकमहु शिक्षक अनुदानकै रुपमा उपलव्ध भएमा सहज हुने बताउनुभयो । विद्यालयले मासिक रुपमा ५४ हजार निजि श्रोतका शिक्षकहरुलाई तलब खुवाउन खर्च हुने बताँउदै प्रधानाध्यापक थपलियाले सिमिति श्रोत साधनका बिच पनि गुणस्तरीय शिक्षा दिन बिद्यालय तल्लीन रहेको बताउनुभयो ।
समितिका अध्यक्ष इश्वर प्रसाद पाण्डे,शिवपुरी गाँउपालीकाकी उपाध्यक्ष मञ्जु केसी, प्रजातान्त्रीक बिचार समाजका अध्यक्ष डा. केदारनरसिंह केसीु शिवप’री गाँउपालीका ७ का वडा अध्यक्ष माधब भेटुवाल, नेपाली काँग्रेस शिवपुरी काठमाण्डौं सम्पर्क समाजका अध्यक्ष मुकुन्द पाण्डे, नेपाली काँग्रेस नुवाकोटका नेताहरु गोबिन्द थपलिया, कृष्ण कुइकेल, गैर सरकारी संस्था महासंघ नुवाकोटका अध्यक्ष मिनकुमार केसी, विद्यालयका पुर्व प्रधानाध्यापकहरु यादबराज पाण्डे र श्याम प्रसाद पाण्डे, ग्रामीणदेवी माविका प्रधानाध्यापक गंगालाल डंगोल, पुस्तकालय परिचारीका संगठन (न्यासल) कि अध्यक्ष शारदा शिवाकोटी लगायतले विद्यालयको प्रगतिको कामना गर्नुभएको थियो । .

कार्यक्रमा समयमानै विद्यालयको भबन निर्माण सम्पन्न गर्ने आर जे कन्ट्रक्सनका ठेकेदार सबिन लामालाई प्रम’ख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प’र्वमन्त्री अजर्’न नरसिंह केसीले सम्मान गनर्’भएको थियो .

विद्यालयका शिक्षक माधव ठक’रीले सञ्चालन गनर्’भएको कार्यक्रममा सहायक प्रधानाध्यापक चन्द्रराज सेढाँईले कार्यक्रममा उपस्थीत सवैलाई स्वागत गनर्’भएको थियो .

कार्यक्रममा क’म्भेश्वर माध्यामीक विद्यालयमा अध्यापन गराएर अन्यत्र स?वा भएका शिक्षीका मनिका पाण्डे, शिक्षक जिवन क’मार हितानको बिदाई गरिएको थियो विद्यालयमा आउने शिक्षकह? शान्ति पाण्डे, मानबहाद’र केसी, तथा विद्यालयमा अध्यापन गराइरहन’ भएका शिक्षकह? माधव ठक’री,उषा ग’णी (थपलियाले), बाब’राम पाल शिक्षक सेवा आयोग मार्फत स्थायी निय’क्ती पाउन’ भएकोमा सम्मान गरिएको थियो .

कार्यक्रममा विद्यालयका शिक्षक राज पाण्डे र बालबालीकाह?ले स्वागत गित गाएका थिए भने बिभिन्न मनोरञ्जनात्मक कार्यक्रमह? प्रस्त’त गरेका थिए .

विभिन्न प’रस्कार र छात्रबृत्ति प्रदान

विद्यालयमा आयोजीत विशेष कार्यक्रममा बिभिन्न व्यक्तित्वह?द्धारा स्थापना गराउन’ भएका प’रस्कार तथा छात्रबृत्ति समेत प्रदान गरिएको छ . जस अन’सार स्व पिता नरेन्द्र राज पाण्डेको सम्झनामा छोराह? पारामाउन्ट स्क’लका प्रिन्सपिल म’क’न्द राज पाण्डे तथा काठमाण्डौं य’रो स्क’लका अध्यक्ष प्रमोद पाण्डेले क’म्भेश्वर माध्यामकि विद्यालयबाट एसईईमा उत्कृष्ट अंक ल्याउने जेहेन्दार विद्यार्थीह? शरीता लामा, श्याम ठक’री र रचना तामाङलाई क्रमश जनही २५ सय, !५ सय र एक हजार नगद प’रस्कार प्रदान गनर्’भयो .

त्यस्तै स्व पिता लोकप्रसाद पाण्डे र माता लक्ष्मीदेवी पाण्डेको सम्झनामा रामप्रसाद पाण्डेले स्थापना गराउन’ भएको २५ हजार राशीको छात्रबृद्धि कोषमा थप २५ हजार प्रदान गरेर ५) हजारको कोष बृद्धि गनर्’भयो . सो छात्रबृत्ति कोषबाट विद्यार्थीह? सिमरन तामाङ र सम्भ’ तामाङलाई जनही एक÷एक हजार नगद प्रदान गरियो .

स्व देवमायाँ ग’णी स्मृति प्रतिष्ठानको तर्फबाट छोरा शिव ग’णीले विद्यालयबाट २)७५ सालको एसईईमा सर्बोत्कृष्ट अंक ल्याएर प्रथम भएका लोपचन श्रेष्ठलाई नगद ? !) हजार र सन्देश नेपालीलाई नगद ? ५ हजारको दलित छात्रबृत्ति प’रस्कार प्रदान गनर्’भयो .

त्यस्तै वडा नं ( का अध्यक्ष माधब भेट’वालले स्व पिताको स्मरणमा विद्यालयमा अध्यन्रत जेहेन्दार एक छात्र र एक छात्रालाई जनही द’ई द’ई हजार ?पयाँको प’रस्कार प्रदान गनर्’भयो . यस बर्ष उक्त प’रस्कार विद्यालयमा अध्यन्रत अमृत ठक’री र अन’रथी ठक’रीले प्राप्त गरे .

द्द ब्ततबअजmभलतक

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  १० : ५७ बजे