११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चापागाँउमा किक बक्सिङ्ग प्रतियोगिता शुरु


२ माघ २०७६, बिहिबार  

0
Shares

विर सिंह गणेशमान स्मृती किक बक्सिङ्ग प्रतियोगिताको उद्घाटन सत्रमा सहभागीहरु । तस्विर ः ललितपुर खबर

लपु संवाददाता
२ माघ ०७६, ललितपुर । मध्यललितपुरको चापागाउँमा विहीबारबाट गणेशमान सिंह तेस्रो खुल्ला राष्ट्रिय किक बक्सिङ प्रतियोगिताको शुरु भएको छ । शनिबारसम्म चल्ने प्रतियोगिताको नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले कार्यक्रमको उद्घाटन गरेका छन् ।
नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विभागीय टिमसहित देशभरिबाट प्रतियोगितामा १३६ जनाले भाग लिइरहेको दिपक महर्जनले बताउनु भयो ।
खेलाडी महर्जनका अनुसार प्रतियोगितामा पुरुष तौल समूह ५० केजी, ५५ केजी मुनि, ६० केजी मुनि, ६५ केजी मुनि, ७० केजी मुनि र खुल्ला तौलमा खेलाडीले प्रतिस्पर्धा गर्न पाउनेछन् । महिला तौल समूहमा ४५ केजी, ५० केजी, ६० केजी, ६५ केजी र खुल्ला तौलमा खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।


प्रतियोगितामा प्रथम हुने खेलाडीलाई रु. ३० हजार, द्वितीय हुनेलाई रु. १५ हजार, र तृतीय हुने दुईजना खेलाडीलाई रु. ८–८ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
उत्कृष्ट पुरुष खेलाडीले भने रु. २५ हजार र उत्कृष्ट महिला खेलाडीलाई रु. २५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
टिम च्याम्पियनलाई १ लाख सहित ट्रफी प्रदान गरिनेछ । द्धितियलाई ५० हजारको पुरस्कार राखिएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै काँग्रेस सभापति शेर बहादुर देउवाले गणेशमान सिंहको योगदानलाई सम्झनका लागि यस्ता कार्यक्रम सहयोगी हुने विचार व्यक्त गर्नुभयो । भन्नुभयो,उहाँका निष्ठाको राजनीति आगामी पुस्ताका लागि एउटा पाठ हुनसक्छ ।

प्रतिश्पर्धा गर्दै प्रतियोगिहरु ।

पुर्व राखेप कोषाध्यक्ष मीनकृष्ण महर्जनले चापागाँउलाई खेलाडीहरुको शहर बनाउन निरन्तर यो खेलको आयोजना गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘खेल मेरो जीवन हो । म खेललाई छोड्न सक्दिन ।’ पुर्वअर्थराज्यमन्त्री उदय शम्सेर राणाले गणेशमान सिंह रहेकोले यो खेल उहाँकै नाममा हुँदै आएको संयोग खुलासा गर्नु भयो । उहाँले भन्नुभयो ,‘खेलमा जस्तै राजनीतिमा अनुशासन कायम गरेर जान सके समाजलाई सकारात्मक बाटोमा लैजान सकिनेछ ।’
ललितपुर किक बक्सिङ जिल्ला कार्यसमितिको आयोजनामा तीन वर्षदेखि यो प्रतियोगिता भइरहेको छ ।

प्रकाशित मिति : २ माघ २०७६, बिहिबार  ३ : २२ बजे