११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


प्याङ्गगाँउ चौरमा गणेशमान सिंह स्मृति किक बक्सिङमा पहिलो चरण शुरु


३ माघ २०७६, शुक्रबार  

0
Shares

विहीबार प्रतिश्पर्धा गर्दै खेलाडीहरु । तस्विर ः ललितपुर खबर

३ माघ ०७६,प्याङ्गगाँउ, ललितपुर । वीर गणेशमान सिंह स्मृति तेस्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिता पहिलो चरणका खेल शुरु भएको छ । ललितपुर जिल्ला किक बक्सिङ सङ्घको आयोजनामा ललितपुरको चापागाउँस्थित प्याङगाउँमा बिहीबारदेखि उक्त प्रतियोगिता शुरु भएको हो ।
पहिलो दिन सम्पन्न खेलमा पुरुष ५० किलोतर्फ एपीएफका सञ्जय राई र नरेन्द्र कुँवर, मुवाँथाईका रामबहादुर रानामगर र निखिल श्रेष्ठ, बयमान्डुका अनुज कार्की, नेपाल पुलिस क्लबका धनबहादुर तामाङ, सो क्योकुसिनका धीरज परियार, त्रिभुवन आर्मी क्लबका यमराज थापामगर र आशिष राई, मकवानपुरका सफल विक तथा दी गोर्खाका सन्तोष सिलवाल आआफ्नो खेलमा विजयी भई अर्को चरणमा प्रवेश गर्नुभएको छ ।
यस्तै पुरुष ५५ किलोतर्फ रेजका मदनकृष्ण डङ्गोल, मकवानपुरका सागर राई, मुवाँथाईका दावा फुञ्जो शेर्पा, सो क्योकुसिनका मनिष दर्लामी, उसुका जीवन विष्ट, नेपाल प्रहरीका दीपेन्द्र सिञ्जाली मगर, त्रिभुवन आर्मीका तारा तामाङ र एपीएफका फुर्वा शेर्पा क्वाटरफाइनलमा प्रवेश गर्नुभयो । पुरुष ६० किलोतर्फ रोशन अछामी, त्रिभुवन आर्मीका सुनिल सिरिश मगर, चोपबहादुर बुढाथोकी, तेक्वान्दोका विमल रोकाया, नेपाल पुलिस क्लबका मुकेश पण्डित, सो क्योकुसिनका एलिश आचार्य, मकवानपुरका उत्तम स्याङताङ र मुवाँथाईका विजय रसाइली आआफ्नो खेलमा विजयी भई अर्को चरणमा प्रवेश गर्नुभएको छ ।
यसैगरी महिला ५० किलोतर्फ त्रिभुवन आर्मी क्लबकी रुविका खड्का र शान्ति थापामगर, आइकेकेएफकी करिष्मा कार्की, सो क्योकुसिनकी दीपा शाही, एपीएफकी सञ्जुमाया थिङ, मुवाँथाइकी डेनिका राई तथा अञ्जना ढुङ्गेल क्वाटरफाइनलमा पुग्नुभएको छ । तीन दिनसम्म चल्ने सो प्रतियोगितामा १२२ खेलाडी सहभागी रहेको आयोजक सङ्घका अध्यक्ष विनोद महर्जनले जानकारी दिनुभयो ।
पुरुषतर्फ छ तथा महिलातर्फ पाँच स्पर्धा समावेश छन् । प्रत्येक स्पर्धामा पहिलो हुनेले रु ३० हजार, दोस्रोले रु १५ हजार तथा तेस्रो हुने दुई खेलाडीले जनही रु आठ आठ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको विजेता टोलीले रु एक लाख, उपविजेताले रु ५० हजार तथा उत्कृष्ट पुरुष र महिला खेलाडीले जनही रु २५ हजार पुरस्कार प्राप्त गर्नुहुनेछ । प्रतियोगिताको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको हो ।
सो अवसरमा १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा दोहोरो स्वर्ण जितेका आयशा शाक्य र मन्डेकाजी श्रेष्ठ, स्वर्ण विजेता विप्लवलाल श्रेष्ठ, रजत विजेता दिवस श्रेष्ठ, कास्य विजेता विनोद शाक्य गुभाजु, मुकुन्द्र महर्जन र निकेश श्रेष्ठलाई सम्मान गरिएको थियो । आयशा तेक्वान्दो र निकेश उसुका हुन् भने बाँकी सबै करातेका खेलाडी हुन् । सो अवसरमा सागमा प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएका करातेका गङ्गाराम महर्जन र दीपक श्रेष्ठलाई समेत सम्मान गरिएको थियो ।
–––

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  १० : ०६ बजे