२३ कार्तिक २०८१, शुक्रबार | Fri Nov 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौँमा २४ घण्टा वर्षा, शनिबारबाट सुधार हुने


३ माघ २०७६, शुक्रबार  

0
Shares


३ माघ ०७६, काठमाडौं । काठमाडौँमा विगत २४ घण्टा निरन्तर वर्षा भएको छ । बिहीबार साँझदेखिको निरन्तर वर्षा आज अबेर साँझ रोकिएको छ । पश्चिम न्यून चापीय प्रणालीको प्रभावले काठमाडौँ उपत्यकासहित देशैभर बदली र वर्षा भएको हो ।
मौसमी प्रणालीले देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँमा ४८ मिलिमिटर वर्षा भएको छ ।
मौसमविद् सजिना शाक्यले शुक्रबार रातिसम्म पश्चिमी न्यून चापीय प्रणाली कमजोर भई शनिबारदेखि मौसममा क्रमिक सुधार आउने बताउनुभयो । आज वीरेन्द्रनगरमा ६०, धनगढीमा ३८, डडेलधुरामा २२, भैरहवामा ४१, दाङमा २०, पोखरामा २६ र नेपालगञ्जमा १० मिलिमिटर वर्षा भएको महाशखाले जनाएको छ । काठमाडौँको न्यूनतम तापक्रम आठ दशमलव आठ र अधिकतम तापक्रम नौ डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ९ : १० बजे