११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरको मानिखेलको मुहानमै मरेको कुखुरा फ्याकेपछि ….


४ माघ २०७६, शनिबार  

0
Shares

मानिखेल बोल्दे खोलाको मुहानमा फ्याकिएको मरेको कुखुरा ।

लपु संवाददाता
४ माघ ०७६, ललितपुर । दक्षिण ललितपुरको मानिखेलस्थित बोल्दे खोलाको खानेपानी मुहानमा मरेको कुखुरा फ्याकेपछि दुगन्ध फैलिएको छ । स्थानीयका अनुसार बोल्दे खोलाको शिरदेखि टुंगुन खोलासम्म जताततै कुखुरा फ्याकिएको छ ।
कुखुरा फ्याकिएको बोल्दे खोला मानिखेलको एक गाँउको पानी मुहान समेत हो । यो पानीको मुहानबाट गएको पानी एक भैसी फामसहित करिव डेड दर्जन घरले पानी उपभोग गर्ने गरेका छन् । एक स्थानीयले बताए अनुसार यो घटना पहिलो भने होइन । नाम नबताउने शर्तमा एक स्थानीयले भन्नुभयो, ‘अति भएपछि हामीले यो घटना सार्वजनिक गरेका हौं ।’

मानिखेलकै रमेश घिमिरे त्यही मुहानको पानी खाने गरेको तर मरेको कुखुरा फ्याकेको देखेपछि पानी खान छोडेको बताउनुहुन्छ । उहाँ प्रतिप्रश्न गर्नुहुन्छ , ‘टाढाको खोलाबाट बोकेर ल्याएको पानी कतिञ्जेल खानु ?’ घिमिरेले पालेको भैसी फाममा त्यहीबाट पानी ल्याउने गरेको जानकारी दिदै भन्नुहुन्छ,देखे पनि  भैसीलाई नखुवाइकन सम्भावना छैन । व्लड फ्लु, स्वाइन फ्लुको माहामारी फैलेला भन्ने डर छ ।

गाँउपालिकाले २ बर्ष अघि पनि जथाभावी फ्याकेको पाइएपछि कुखुरा पालकहरुलाई सचेत गराएर छोडिएको थियो । मानिखेलमा युनाइटेड पोल्ट्री फाम र कालेश्वर पोल्ट्री फामले ३ दर्जन हाराहारी  स्थानीय किसानलाई कुखुराको चल्ला र दाना दिने गरेका छन् ।

२ बर्षअघि जंगलमा फ्याकिएको मरेको कुखुरा ।

खोलानालामा कुखुरा फ्याक्न थालेपछि स्थानीय युवाहरुले सामाजिक सञ्जालमा तस्विरहरु पोष्ट गरेर विरोधको आवाज बुलन्द पार्न थालेका हुन् । अघिल्लो पल्ट गाँउपालिकाले सूचना प्रकाशित गरेर कारवाही गर्ने जानकारी गएको भए पनि स्थानीय पिडितहरुले घटना दोहोरिएको भन्दै गुनासो गरेपनि गाँउपालिकाले स्वास्थ्य कुनै कारवाही नगरेको स्थानीय सविन घिमिरेले ललितपुर खबरलाई बताउनु भयो । उहाँले भन्नु भयो, ‘व्यावसाय गरे भन्दैमा सयौं सोझा गाँउलेको स्वासथ्यमा खेलवाड त गर्नु भएन नि ।’
स्थानीय गाँउलेले घटनाको जानकारी गराउदा कुनै अनुसन्धान वा कारवाही नभएपछि पिडितहरुले आफूहरु निराश भएको प्रतिकृया दिएका छन्  ।
महाँकाल गाउपालिकाका वडा नं. २ का वडाध्यक्ष सञ्चमान स्याङ्गतानले अस्ती आफूले पनि देखेको तर फाल्ने मान्छे नभेटिएको बताउनु भयो । उहाँले भन्नु भयो ‘त्यो साइजको कुखुरा यता कसैले पनि पालेको पालेको छैन । कहाँबाट ल्याएर कसले फ्याल्यो थाहा भएन ।’
कुखुरा मुहानमा फ्याकेको सम्बन्धमा ललितपुर खबरको प्रश्नमा उहाले कसैले फालेको भए  कारवाही गछौं भनेर सोधेको तर कसैले पनि मैले फ्याकेको भनेर नभनेको प्रतिकृया दिनुभयो ।

महाँकाल गाउपालिकाका अध्यक्ष रामचन्द्र दाहालले पहिले खाल्टो खन्न लगाएर कुखुरा पुर्न सिकाएको तर फेरि कसले फ्याक्यो थाहा नभएको बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘धेरै वटा फाम छन् । कसले गर्यो भन्नै सकिदैन ।’

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  १० : ४२ बजे