३ माघ ०७६, काठमाडौ । सेल्फ डिफेन्सको अन्तर्राष्ट्रिय सेमनार नेपालमा आयोजना हुने भएको छ । माघ ८ देखि १६ गतेसम्म काठमाडौं, जनकपुर र पोखरामा सम्मेलन आयोजना हुने नेपाल सेल्फ डिफेन्स संघले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
नेपाल सेल्फ डिफेन्स संघका अध्यक्ष डीबी रानापालले अन्तर्राष्ट्रिय सेमिनारमा सेल्फ डिफेन्सका ग्राण्ड मास्टर र विभिन्न देशका सेल्फ डिफेन्स पदाधिकारी सहभागी हुने बताउनु भयो । कार्यक्रममा अमेरिका र पोल्याण्डका ग्राण्ड मास्टरहरु विशेष अतिथिका रुपमा सहभागी हुने जानकारी दिइएको छ । सेमिनारले आत्मरक्षा तालिमको महत्व र आवश्यकताबारे छलफल गर्ने, सेल्फ डिफेन्ससँग सम्बन्धि प्रशिक्षक तयार पारी भविष्यमा सम्पूर्ण जिल्लामा तालिम संचालन गर्ने, हिंसाकाविरुद्ध एकताबद्ध हुन आवाज बुलन्द गर्ने, पर्यटन प्रवद्र्धनमा सयोग गर्ने, खेलकुद प्रतियोगितामार्फत् देशलाई पदक दिलाउने उद्देश्य राअिएको छ ।
अध्यक्ष रानापालले राज्यमा हुने हिंसा न्यनिकरण गर्नको लागि सेल्फ डिफेन्सको तालिम तथा प्रशिक्षण अभियान चलाइएको बताउनु भयो । सेल्फ डिफेन्सलाई प्रभावकारी बनाउन तालिम तथा प्रशिक्षणको आवश्यकता महशुश गरी सेमिनार आयोजना गर्न लागिएको उहाँको भनाई थियो ।
सेल्फ डिफेन्सकी उपाध्यक्ष सन्जु महर्जनले आफ्नो रक्षा आफै कसरी गर्न सकिन्छ भन्ने नारा बोकेको सेल्फ डिफेन्सले नेपालका ४० जिल्लामा समिति गठन गरिसकेको बताउनु भयो । सेल्फ डिफेन्सका लागि हरेक जिल्लामा प्रशिक्षक उत्पादन गर्ने उद्देश्यका साथ प्रशिक्षण दिइरहेको उहाँको भनाई छ
सेल्फ डिफेन्सकी महासचिव नुतनश्रेष्ठले प्रेस बिज्ञप्ती पढेर सुनाउनु भएको थियो । उहाँले सेल्फ डिफेन्सको महत्वबारे प्रकाश पार्नुभएको थियो । सेल्फ डिफेन्स अन्तर्राष्ट्रिय सेमिनारमा झण्डै २० लाख खर्च गरेर सेमिनार आयोजना गर्न लागिएको हो । सेल्फ डिफेन्स खेलकै रुपमा विकास गर्दै लगिएको उहाँको भनाई थियो
५ माघ २०७६, आइतबार
0
Shares
प्रतिक्रिया