१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


अब रु. २५मै खाना


७ माघ २०७६, मंगलबार  

0
Shares


७ माघ ०७६,कपिलबस्तु । तपाई हामी जो कसैले होटलमा खाना खादा सामान्यतया डेढ दुईसय हाराहारी रकम तिरेर एक छाक शाकाहारी खाना खाने गर्दछौँ । तर कपिलवस्तु, चन्द्रौटामा रहेको महाकाल सामाजिक संस्थाले भने अब हरेक हप्ताको मङ्गलबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म रु २५मै खाना खुवाउने व्यवस्था गरेको छ ।
मङ्गलबार सो कार्यक्रमको शुभारम्भ गर्दै प्रदेश सासंद अर्जुनकुमार केसीले सस्तो मूल्यमा स्वादिष्ट र स्वस्थकर खाना खुवाउने व्यवस्था निकै सराहनीय रहेको बताउनुभयो । प्रदेशसभा सदस्य केसीले रु २५ तिरेर खाना खाँदै खाना निकै स्वादिष्ट भएको बताउनुभयो । थौरै आम्दानी भएकाका लागि यो निकै राम्रो भएको उहाँले बताउनुभयो ।
रु २५ मै खाना पाउँदा पूर्वपश्चिम आवातजावत गर्ने यात्रुका लागि यो सुविधाले फाइदा पु¥याउने वडा नं। ५ का वडाध्यक्ष अर्जुनबहादुर पाण्डेले बताउनुभयो । “खाना निकै मीठो छ, रु।२५कै खाना पनि ठूला होटलमा पाइने खाना जस्तै स्वादिष्ट छ”, पाण्डेले भन्नुभयो । संस्थाका सल्लाहाकार विजय जयसवालले अहिले साप्ताहिक रुपमा खाना खुवाउने भनेर यसको थालनी गरेको बताउँदै यो सफल हुँदै गएमा दैनिक बनाउने लक्ष्य लिइएको जानकारी दिनुभयो । अहिले संस्थामा आवद्ध स्थानीय युवाको सक्रियता र सहयोगमा साप्ताहिक सस्तोमा खानाको व्यवस्था गरिएको र यसलाई सफल बनाउन अन्यत्रबाट सहयोग आए दैनिक बनाउने उहाँले बताउनुभयो ।
प्रत्येक हप्ताको मङ्गलबार चन्द्रौटामा रहेको गङ्गा कम्प्लेक्स अगाडि बिहान १० देखि साँझ ५ बजे सम्म रु २५ मा खाना खाने व्यवस्था हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  १० : ०२ बजे