७ माघ ०७६, कञ्चनपुर । शहरको पार्टी भव्य हुन्छ । पार्टीमा लाखौं खर्च गर्ने बानी परेका शहरबासीलाई परम्परागत संस्कृती सम्झाउने एउटा तस्विर राष्ट्रिय समाचार समितीका कञ्चनपुरका पत्रकार राजेन्द्रप्रसाद पनेरुले प्रकाशमा ल्याएका छन् ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ भल्कामा रहेको थारु संग्रहालयमा अयोजित दुई दिने माघी मेलामा आन्तरिक तथा बाह्य पर्यटकका लागि बनाएको परिकार स्थानीय थारु महिला भूईमा बसेर लिदै छन् । उनीहरुले पातबाट बनाइएको टपरीमा खाइरहेका छन् ।
झण्डै उल्मुलन भइसकेको टपरीमा खाने संस्कृती यो तस्विरले सम्झाइ दिएको छ । होइन र ?
७ माघ २०७६, मंगलबार
0
Shares
प्रतिक्रिया