९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


चन्द कार्यकर्ताद्वारा आत्मसमर्पण


८ माघ २०७६, बुधबार  

0
Shares


८ माघ ०७६, बागलुङ । नेत्रविक्रम चन्द समूहका साधारण सदस्य डिल्लीप्रसाद सापकोटाले जिल्ला प्रशासन कार्यालय बागलुङमा आत्मसमर्पण गर्नुभएको छ । बागलुङ नगरपालिका–४ का ४५ वर्षीय सापकोटाले आज चन्द समूह परित्याग गरी स्वतन्त्र नागरिकको हैसियतमा रहने प्रतिबद्धता जनाउनुभएको हो ।
निमित्त प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्त, प्रहरी उपरीक्षक नवराज भट्ट, राजनीतिक दलका प्रतिनिधिलगायतको रोहबरमा सापकोटाले आत्मसमर्पण गर्नुभएको हो । सापकोटाद्वारा जारी विज्ञप्तिमा नेपालको संविधान, कानूनविपरीत हुने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता गर्दै पार्टी परित्याग गरेको घोषणा गर्दछु भन्ने उल्लेख छ । राज्यविरुद्ध कसुर गरेको आरोपमा उहाँलाई गएको पुस १७ गते प्रहरीले घरबाटै पक्राउ गरेको थियो ।
आत्मसमर्पणसँगै सापकोटा रु १० हजार धरौटीमा रिहा भएको निमित्त प्रजिअ पन्तले जानकारी दिनुभयो । “प्रतिबद्धताविपरीतका गतिविधि र व्यवहार नगरेको पाइएमा उहाँले पछि सफाइ पाउनुहुन्छ”, निमित्त प्रजिअ पन्तले भन्नुभयो ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ८ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।